देउखुरी, २५ बैशाख
देउखुरीमा क्रियाशील पत्रकार दशरथ घिमिरे र उनकी श्रीमती शोभा पण्डितले लमही नगरपालिका वडा नम्बर १ सितलापुर निवासी दलित परिवारकी एक छात्रालाई विद्यालय भर्ना गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय भर्ना हुन नसकी पठनपाठनबाट बञ्चित हुन पुगेकी समीक्षालाई पत्रकार घिमिरेले माध्यमिक विद्यालय फल्कापुर कक्षा ६ मा भर्ना गरेका हुन् । ‘सरकारले थालेको भर्ना अभियानलाई सर्वसाधारण नागरिकको तर्फबाट समेत सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिन विद्यालयभन्दा बाहिर रहेकी बालिकालाई विद्यालयसम्म ल्याउन सहयोग गरेका हौँ’ घिमिरे दम्पतीले भने ‘अझै पनि धेरै बालबालिका विद्यालय बाहिर छन् । ति बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ ।
दलित सचेतना अभियान दाङको समन्वयमा पत्रकार दशरथ घिमिरे, उनकी श्रीमती शोभा पण्डितले समीक्षालाई विद्यालयमा भर्ना गराएका हुन् ।
‘सरकारले थालेको भर्ना अभियानलाई सर्वसाधारण नागरिकको तर्फबाट समेत सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिन विद्यालयभन्दा बाहिर रहेकी बालिकालाई विद्यालयसम्म ल्याउन सहयोग गरेका हौँ’ घिमिरे दम्पतीले भने ‘अझै पनि धेरै बालबालिका विद्यालय बाहिर छन् । ति बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ ।
उनलाई विद्यालय पोशाक, झोला, कापी, कलमसमेत प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक टोपाराम भट्टराई, दलित सचेतना अभियानका अध्यक्ष शशीराम नेपाली, कार्यक्रम संयोजक गोपाल विक, सामाजिक अभियान्ता अजय विकलगायतको उपस्थितिमा शैक्षिक सामाग्री हस्तान्तरणसहित विद्यालय भर्ना गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएकी समीक्षालाई कक्षा ६ देखि १० सम्म पढाइमा लाग्ने सबै खर्च आफूले व्यहोर्ने पत्रकार घिमिरेले जानकारी गराए ।