सल्यान, २५ बैशाख
सल्यान उद्योग वाणिज्य संघ सल्यानको क्षमता संस्थागत स्व–लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । सल्यान उद्योग वाणिज्य संघ सल्यानको आयोजना तथा उच्च मुल्य कृषि विकास आयोजनाको सहयोगमा भएको सो कार्यक्रम बिगतदेखि हालसम्मको कृषिमा भएको उतारचढावसँगै कृष्ाि सम्बन्धी तालिम सम्पन्न भएको हो ।
उद्योग वाणिज्य संघको हलमा मंगलबारका संघ सम्पूर्ण पदाधिकारी, सल्लाहकार र कर्मचारीका लागि एकदिने स्व–लेखाजोखा तालिम सम्पन्न गरेको छ । संघका अध्यक्ष वीरबहादुर चलाउने अध्यक्षता सम्पन्न भएको तालिममा नेपालमा हुने कृषि विकास, निकास, कृषिमा आम कृषकको आकर्षण, कृषिमा लगानी कसरी व्यवस्थित गर्ने ? लगायतका विषयमा केन्द्रित रहेको थियो ।
तालिमको सहजकर्ताको रुपमा एचभिएपिका केशव कार्की रहेका थिए । संघले यो आर्थिक वर्ष यता धेरै व्यवसायीहरुलाई यस्तो तालिम प्रदान गरिसकेको र यस प्रकारको तालिमलाई अभियानकै रुपमा अगाडि लैजाने बताइएको छ । कार्यक्रमको सहजीकरण संघका महासचिव भरतकुमार बस्नेतले गरेका थिए ।