पछिल्लो समयमा तुलसीपुरको वीरेन्द्र चौकमा रहेको राजा वीरेन्द्रको सालिक स्थापनाका लागि बहस सुरु भएको छ । देशमा लोकतन्त्र स्थापनाका लागि गरिएको २०६२÷०६३ को आन्दोलनमा वीरेन्द्रको सालिक तोडिएको थियो । त्यो सालिक अहिले पुनःस्थापनाका लागि बहस सुरु भएकोे छ । सामाजिक सञ्जालले सुरु गरेको बहस अहिले आम सञ्चारमाध्यम हुँदै आम नागरिकसम्म पुगेको छ । स्थानीय जनप्रतिनिधिहरु पनि सालिक स्थापना गर्न सकारात्मक देखिएका छन् भने नागरिकहरुले पनि सकारात्मक सहयोगको लागि पहल गरिरहेका छन् । केही राजनीतिक दलका प्रतिनिधिहरुले भने सालिक राख्नै नहुने तर्क राखेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले भने सालिक स्थापनाका लागि सरोकारवालाहरुसँग छलफल नै सञ्चालन गरेको छ ।
यसैबीच हामीले सालिकको बहसलाई पटक–पटक उठाउँदै आएका छौं । यो पटकको टुडे राउण्ड टेबलमा तुलसीपुरका वीरेन्द्रको सालिक पुनःस्थापना गर्न उचित छ कि छैन भनेर तुलसीपुरका स्थानीय राजनीतिक दल, शिक्षक बुद्धिजीवि, पत्रकार र जनप्रतिनिधिहरुलाई सोधेका छौं । टुडे राउण्ड टेबललाई यहाँ सारसंक्षेपमा प्रस्तुत गरेका छांै ।
इतिहासको संरक्षण गर्नु दायित्व हो
वीरेन्द्र कुमार शाह
वडा अध्यक्ष (वडा नं. ५)
तुलसीपुर उपमहानगरपालिका
स्वर्गीय राजा वीरेन्द्र एउटा इतिहास हो, यो कसैले मेटेर मेटिदैन इतिहासको संरक्षण गर्नु आम नागरिकको दायित्व र कर्तव्य हो, त्यो कर्तव्य र दायित्व जनप्रतिनिधि भएका नाताले हामी गर्दैछौँ । ‘इतिहास मेटाउने भए सबैको मेटाउ हैन भने वीरेन्द्रको मात्रै मेटिनुपर्ने किन ?’ ‘के जंगबहादुरको यो देशमा इतिहास छैन र ? उनको सालिक अहिले पनि छ, जसको राज्य स्वयम्ले संरक्षण गरिरहेको छ ।’
इतिहासलाई मेटाउने काम कसैले कतैबाट पनि गर्न हुँदैन ‘विश्वको एउटा कुख्यात तानाशाह हिटलरको चर्चा अहिले पनि विश्वमा त्यत्तिकै छ ? हिटलरको सालिकहरु समेत संरक्षण गरेर राखिएको छ’ भने यो देशमा राजा वीरेन्द्रले त्यस्तो के अपराध गरेका थिए र उनको सालिकलाई हटाउनु पर्ने ? कुनैपनि इतिहास मेटाएर कहिल्यै मेटिदैन, इतिहासको संरक्षण गर्नु सबैको दायित्व हो । त्यही दायित्वलाई आफूले पूरा गर्न मात्र खोजेका हाँै । वीरेन्द्रको सालिक स्थापना गर्ने भन्ने विषयमा तुलसीपुरका नागरिक तथा विभिन्न सरोकार निकायहरुसँग समेत छलफल भैरहेको छ ।
इतिहासलाई मेटाउने काम कसैले कतैबाट पनि गर्न हुँदैन ‘विश्वको एउटा कुख्यात तानाशाह हिटलरको चर्चा अहिले पनि विश्वमा त्यत्तिकै छ ? हिटलरको सालिकहरु समेत संरक्षण गरेर राखिएको छ’ भने यो देशमा राजा वीरेन्द्रले त्यस्तो के अपराध गरेका थिए र उनको सालिकलाई हटाउनु पर्ने ? कुनैपनि इतिहास मेटाएर कहिल्यै मेटिदैन, इतिहासको संरक्षण गर्नु सबैको दायित्व हो ।
९५ प्रतिशतभन्दा बढी नागरिक तथा सरोकारवाला निकायहरुले इतिहास मेटाउन नहुने भन्दै तत्काल वीरेन्द्रको सालिक स्थापना गर्नुपर्ने सुझाव दिएका छन् । यतिसम्मकी नगरबासीले वडा कार्यालयमा बजेट नभए आर्थिक रकम सहयोग गर्न समेत आफूहरु तयार भएको प्रतिवद्धता जनाएका छन् । यो निर्णयको सबै दलका व्यक्ति नगरबासी सबैले सकारात्मक भन्दै स्वागतसमेत गरेका छन् । बरु सालिक अर्धकदको राख्ने कि पूर्णकदको राख्ने भन्ने त्यो बिषयमा केही छलफल हुन बाँकी रहेपनि अब यो निर्णयबाट हामीहरु पछि हट्ने छैनौँ । त्यसैले राख्ने की नराख्ने भन्ने कुरा अब कसैलाई सोधिरहन जरुरी होला जस्तो मलाई लाग्दैन किनकी राजा वीरेन्द्रको सालिक पनि पहिल्यै राख्ने निर्णय भइसकेको थियो ।
सालिक तुलसीपुरको इज्जत
विमल रिजाल
स्थानीय व्यापारी
राजा वीरेन्द्रको सालिक पुरानै स्थलमा राखिने कुरा जुन आएको छ, त्यो एकदमै सह्रानीय छ । हेर्नुस् हिजो जुन स्थानमा जसको सालिक राखिएका तिनका सालिक त्यही स्थापना गरिनुपर्छ । आत्मैदेखि तुलसीपुरका नागरिकलाई यो विषयमा सोध्नुहुन्छ भने अधिकांशले राजा वीरेन्द्रको सालिक वीरेन्द्र चौकमै राख्नुपर्छ भन्नेमा छन् तर कसैले राख्नु हुन्न भनेर भन्यो भने राजनीतिक रंगले मात्र भन्न सकिएला ।
तुलसीपुरको वीरेन्द्र चौकमा राजा वीरेन्द्रको सालिक स्थापना गर्नु भनेको तुलसीपुरको पनि ईज्जत हो सिंगो इतिहास बनेका व्यक्तिको सालिक राख्नमा कसैले मन दुखाउनु हुँदैन खुलेरै आवश्यक सहयोग गर्नु पनि पर्छ ।
तुलसीपुरको वीरेन्द्र चौकमा राजा वीरेन्द्रको सालिक स्थापना गर्नु भनेको तुलसीपुरको पनि ईज्जत हो सिंगो इतिहास बनेका व्यक्तिको सालिक राख्नमा कसैले मन दुखाउनु हुँदैन खुलेरै आवश्यक सहयोग गर्नु पनि पर्छ । जहाँ जसको सालिक छ, त्यहाँ त्यसकै सालिक स्थापना गर्नुपर्छ । यदि राजा वीरेन्द्रको सालिक भएको स्थानमा अरु कसैको सालिक स्थापना गर्ने या अन्य कुनै संरचना बनाउने कुरा भयो भने त्यो तुलसीपुरबासीलाई कुनै हालतमा मान्य हुने छैन ।
राजा वीरेन्द्रको सालिक स्थापना गर्ने जुनकुरा छ त्यसमा तुलसीपुर क्षेत्रका नागरिक, व्यापारी सबैको खुल्ला हृदयले सहयोग हुन्छ मेरो पनी त्यसमा पूरापुर सहयोग रहन्छ कसैले इतिहास मेटाउने कुरा गर्ने हुँदैन । स्थापनाको अभियान सुरु भए नैतिक, आर्थिक सहयोग गर्न म पनि तयार छु ।
राजा वीरेन्द्रको भूमिकालाई भूल्नै सकिदैन
सुशील बस्नेत
पत्रकार
तुलसीपुरमा राजा वीरेन्द्रको पूर्ण कदको सालिक राखिएको वीरेन्द्र चौक र विपीको अर्धकदको सालिक राखिएको विपी चौक मुख्य चौकका रुपमा लिइन्छ । चौकमा राखिएका ती सालिकबाटै नवआगन्तुकले सजिलै आँकलन गर्नसक्ने अवस्था हो । तर गणतन्त्र स्थापनासँगै एक समूहले वीरेन्द्र चौकको सालिक तोडफोड ग¥यो । सालिक तोडफोड गर्न हुँदैन भनि अगाडि बढ्न कसैको हिम्मत देखिएन । एउटा समूह जसले नेपाल देश निर्माण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको समेत तोडफोड गरिए । पृथ्वीनारायण शाहदेखि पूर्व युवराज पारस शाहका सालिक देशका विभिन्न स्थानमा तोडफोड सुरु गरियो ।
उदारवादी तथा प्रजातान्त्रिक पक्षधर उनै राजा वीरेन्द्रको परिवारको नारायणहिटी दरबारमा रहस्यमय हत्याकाण्ड भयो । राजा वीरेन्द्रको राज्यभिषेकको अवसरमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्तावमा विश्वको १३० राष्ट्रले हस्ताक्षर गराउने ती राजाको सालिक तोडफोड गर्नु कति उपयुक्त हो ?
तत्कालीन अवस्थामा अधिवक्ता सन्तोष बस्नेतले सर्वाेच्चमा रिट दायर गर्नुभयो । ऐतिहासिक सालिक तोडफोडमा रोक लाग्यो । तर ढिलाइ भई सकेको थियो । प्रजातान्त्रिक एवं उदार राजा वीरेन्द्रको सालिक तुलसीपुरमा तोडफोड भइसकेको थियो । उदारवादी तथा प्रजातान्त्रिक पक्षधर उनै राजा वीरेन्द्रको परिवारको नारायणहिटी दरबारमा रहस्यमय हत्याकाण्ड भयो । राजा वीरेन्द्रको राज्यभिषेकको अवसरमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्तावमा विश्वको १३० राष्ट्रले हस्ताक्षर गराउने ती राजाको सालिक तोडफोड गर्नु कति उपयुक्त हो ?
दक्षिण एसियाली क्षेत्रलाई सुरक्षा र विकास गर्ने उद्देश्यले क्षेत्रीय संगठनको आवश्यकता महसुस गरी संयुक्त राष्ट्रसघंको बडापत्रले समेत ब्यवस्था गरेको पृष्ठभूमिलाई पछयाउँदै सन १९८० मा सार्कका संस्थापकहरुमा नेपालका तत्कालिन राजा वीरेन्द्र वीरबिक्रम शाहदेव, भारतका तत्कालिन प्रधानमन्त्री राजिव गान्धी, पाकिस्तानका तत्कालिन राष्ट्रपति जियाउलहक, भुटानका तत्कालीन राजा जिग्मेसिङ्गे वाङ्कचुक, माल्दिभ्सका तत्कालिन राष्ट्रपति महमुद अब्दुल गयुम, श्रीलंकाका तत्कालिन राष्ट्रपति जुलियस रिचड जयर्बधने र बंगलादेशका तत्कालिन राष्ट्रपति हुसेन महमद एर्साद हुनुहुन्छ । उहाँहरुकै अग्रसरतामा सार्कको स्थापना भएको हो ।
त्यतिबेला राजा वीरेन्द्र सार्क मुलुकलाई शान्ति र संमृद्धिका लागि खेलेको भूमिकालाई भूल्नै सकिदैन । सालिक, ऐतिहासिक तथा पुरातात्विक वस्तु र स्थान मुलुकका सम्पत्ती हुन् । विश्वका कैयांै राष्ट्रको आर्थिक समृद्धि ऐतिहासिक स्थान, वस्तुबाटै भएको पाइन्छ । इतिहासलाई नमेटाउ, संरक्षण गरौँ, अनिमात्र देशमा सामाजिक सद्भाव, एकता र समृद्धि हुन्छ । तुलसीपुरको वीरेन्द्र चौकमा वीरेन्द्रको सालिक राख्नु उपयुक्त हुनेछ ।
एउटा इतिहासको संरक्षण गर्नुपर्छ
जगतबहादुर खड्का
नेपाली काँग्रेस क्षेत्रीय सभापति
राजा वीरेन्द्रले के गरेका थिए र हिजो आन्दोलनका बेला उनको सालिक फालियो अहिले पनि के बिग्रिएको छ र ? उक्त स्थानमा सालिक राख्ने कुरा इतिहासलाई संरक्षण गर्ने कुरा आफैमा राम्रो हो । अरु मलाई यो बिषयमा त्यत्ति भन्नु छैन जनताका प्रतिनिधिहरु हुनुहुन्छ उहाँहरुले सोचेरै बिचार गरेरै यो काम गर्न थाल्नुभएको होला । पक्कै पनि जनताका जनप्रतिनिधिहरुले के गर्दा राम्रो हो के गर्दा नराम्रो हो त्यो भने उहाँहरुले जान्ने कुरा हो ।
मेरो विचारमा भन्नुहुन्छ भने एउटा इतिहासको संरक्षण गनुपर्छ भन्ने कुरा मेरो नितान्त व्यक्तिगत कुरा हो । सालिकले केहि बिगार्दैन मन र विचार फेरिनु पर्छ । सालिक ढालेर हैन विचार स्थापित गरेर मात्रै परिवर्तन सम्भव छ ।
सालिक स्थापना ख्याल गरेर गर्नुपर्छ
विनोद शर्मा
नेता नेकपा एमाले
मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने देशमा यत्रो परिवर्तन आइसकेको अवस्थामा हिजो जनताले आन्दोलनका समयमा हटाइएका राजाको सालिक पुनःस्थापना गर्ने कुरा राम्रो होइन । रह्यो कुरा यो विषयमा मलाई धेरै बोल्नु पर्ने पनि छैन हेर्नुस् अहिलेको अवस्थामा कहाँ कसको सालिक स्थापना गर्ने भन्ने कुरा खुबै ख्याल गरेर मात्र गर्नुपर्छ जस्तो मलाई लाग्छ मेरो भनाइ केहो भने यो सोचेर मात्र गर्नुपर्ने काम हो ।
भएका सालिकहरु भत्काउनु चाहिँ राम्रो होइन अहिले भएका सालिकहरुलाई भत्काउने कुरा कसैले गर्नु पनि हुँदैन तर हिजो आन्दोलनको समयमा फालेका सलिकहरु स्थापना गर्नु उचित होइन की जस्तो लाग्छ ।
जनताले सालिक स्थापना गर्न आन्दोलन गरेका होइनन्
रामजी चौधरी
खोई तुलसीपुरमा राजाको सालिक स्थापना हुँदैछ भनेर मैले सुनेकै छैन देशमा यत्रो परिवर्तन आइसक्यो फेरी पनि राजा महाराजालाई मान्नुपर्छ भन्ने मलाई लाग्दैन । हिजो जनताले आन्दोलनका क्रममा तुलसीपुरमा राजा वीरेन्द्रको सालिक भत्काएको हो अहिले आएर लोकतन्त्रबाट जनताले गणतन्त्र स्थापना गरिसकेको अवस्थामा फेरी पनि सोही ठाउँमा राजाको सालिक स्थापना गर्नुपर्छ भन्ने कुरा मलाई चाहिँ मान्य छैन । जनताले यो देशमा राजाहरुको सालिक स्थापना गर्नुपर्छ भनेर आन्दोलन गरेका होइनन् आज आएर पुनः राजाको सालिक स्थापना गर्नु भनेको राम्रो कुरा पक्कै होइन ।
फालिएको सालिक स–सम्मान स्थापना गर्नुपर्दछ
भिमलाल मरासीनी
शिक्षक
स्वर्गीय राजा वीरेन्द्रको सालिक तोडफोड गर्नु आफैमा राम्रो काम होइन । हिजोसम्म राजसंस्थाको आफैमा सर्वोपरी स्थान थियो र सबैको आस्थाको दियो थियो तर व्यवस्था परिवर्तन हँुदैमा सबैकुरा तोडमोड गर्नु सभ्य समाजको परिचय होइन । वीरेन्द्र चौकको पहिचान छुट्टै छ जस्तो विपी चौक वा अन्य कुनै । केही छिटपुट घटनाबाहेक स्वर्गीय राजा वीरेन्द्रको परिचय नेपालीबासीको मनमा प्रगाढ छाप राखेको छ । विश्व परिवेशलाई नियाल्दा रुस तथा जर्मनका पूर्व शासकहरुको पनि आज व्यवस्था परिवर्तन हुँदा पनि तिनका सालिकहरु स–सम्मान राखिएका छन् ।
नेपाललाई विश्वसामु शान्ति क्षेत्रको घोषणाको सवालमा होस् वा २०३६÷०४६ को घटनाक्रममा पनि राजा वीरेन्द्रको नरम स्वभाव पाइन्छ । हिजो फालिएको सालिक स–सम्मान सोही स्थानमा पूर्णकदको सालिक स्थापना गर्नुपर्दछ ।