बुटवल, २४ बैशाख ।
प्रदेश नम्बर ५ को प्रदेश सभा सदस्यको पहिचान गराउने प्रदेश चिह्न (लोगो) सार्वजनिक गरिएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले लोगो सार्वजनिक गरेका हुन् । उक्त लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चार माध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार पारेको नमूना छनोटमा परेको हो ।
लोगोमा प्रदेश नम्बर ५ को हिमाली क्षेत्र सिस्ने हिमाल, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, धान र जौका बालाका साथै लैङ्गिक समानता झल्किन्छ । प्रदेशसभा सचिवालयले आयोजना गरेको कार्यक्रममा उक्त लोगोसहित प्रदेशसभा कर्मचारीको लोगो, प्रदेशसभा नियमावली तथा प्रदेशसभा सदस्यहरूको विवरणसहितको पुस्तक, प्रदेशसभाको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको छ ।
त्यस अवसरमा प्रदेश सभाको लोगो निर्माणकर्ता भण्डारीलाई उपसभामुख कृष्णी चौधरीले सम्मान गरेकी थिइन । प्रदेशसभा सञ्चालनका तथा व्यवस्थापनका लागि प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विविध विषय समेटिएको पुस्तक लोकार्पण गरिएको थियो ।
सभामुख घर्तीले प्रदेशसभाको पहिचान झल्काउन लोगो महङ्खवपूर्ण भएको र यसले प्रदेशका महङ्खवपूर्ण क्षेत्रलाई झल्काउने बताए । यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा छोटो समयमा यो महङ्खवपूर्ण र ऐतिहासिक काम भएको बताए ।
Stay Connected
Must Read