दाङ, २४ बैशाख ।
यातायात व्यवसायी र सरकारबीच सिन्डिकेट अन्त्य गर्ने लगायतका पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै यातायात व्यवसायीले यसअघि घोषणा गरेको आन्दोलन सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् । सरकारले व्यवसायीसँग यातायात क्षेत्र व्यवस्थित गर्न कार्यदल गठन गरिने सहमति गरेको छ । यसैगरी दुर्घटनाबारे अध्ययन गर्न आयोग बनाउने सहमति पनि भएको छ ।
सोमबार सरकार र व्यवसायीबीच भएको सम्झौताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रघुवीर महासेठले सिन्डिकेट अन्त्य गरेसँगै यातायात क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यदल समेत गठन गर्ने सहमति भएको जानकारी दिए । यातायात व्यवसायीले विभिन्न यातायात समितिको मात्रै राष्ट्र बैंकले रोक्का गरेको बैंक खाता फुकुवा गर्ने सहमति भएको भने पनि यसबारेमा सरकारले भने केही बताएको छैन ।
सरकार र यातायातबीच भएको पाँचबुँदे सहमति–पत्र
१) नेपाल सरकारबाट सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिण्डीकेटको स्वरुप अन्त्य खारेजी गर्ने, २) एउटा मात्र सवारी साधन भएको सवारी धनीले पनि सवारी सञ्चालन गर्न प्रचलित कानुन अनुसार पाउने, ३) सम्मानित सर्वोच्च अदालतको रिट नम्ब ०७१–ध्इ(०४४४ भएको परमाधेस अनुसारको जाँचबुझ आयोगको गठनको प्रकृया यथाशीघ्र अगाडि बढाउने, ४) यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन समिति, २०७४ बाट पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने, ५) यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन मन्त्रालयलाई यथाशीघ्र राय परामर्श दिन सरोकारवाला समेतको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने ।
Stay Connected
Must Read