Friday, February 7, 2025
Homeअर्थसल्यान रुकुम समितिको टिकट बन्द

सल्यान रुकुम समितिको टिकट बन्द

- Advertisement -spot_img

सल्यान ।
देशब्यापीरुपमा सरकारले यातायात ब्यवसायी समिति माथि कडाइ गरिरहेको बेला सल्यानमा स्थापना भएको सल्यान–रुकुम यातायात ब्यवसायी समितिले सरकारी कदमलाई समर्थन गर्दै आफै नियमित कामकाज बन्द गरेको छ ।
‘नेपाल सरकारको यातायात सुधारका नयाँ सकारात्मक कामलाई समर्थन गर्दै अर्को निर्णय नहुन्जेल सम्म समितिका सम्पूर्ण होर्डिङ बोर्ड हटाउने, समितिका व्यवसायी, कर्मचारी पोसाक, परिचय पत्र लगायत अन्य कागजात लगायतका कामकाज प्रयोगमा नल्याउने, टिकट नकाट्ने, गाडी चलानि टिप शुल्क नलिने निर्णय गरेको छ’– समितिका अध्यक्ष लोकमान बुढाथोकीले भने सबैलाई एउटै नजरले हेरेर एउटै तराजुमा नजोखिदिनुहुन सबैमा अपिल गदै छु ।
‘यातायात दर्ता भए देखि नै यातायात क्षेत्रको सुधारमा समर्पित सल्यान रुकुम यातायात व्यवसायी समिति जनताको समिति र सरकारको नीति र विधि अनुसार चल्ने संस्था भएकोले भोलिका दिनमा पनि सरकारको नीति र विधिमा नै चल्ने कुरा स्पष्ट रहेको छ’– उनले भने । सल्यान रुकुम यातायात व्यवसायी समिति यातायात क्षेत्रमा रहेका विकृति र बिसंगति विरुद्ध लड्दै जनताको माग र समयको आवश्यकता अनुसार नेपाल सरकारको स्थापित नीति र विधि अनुरूप दर्ता भई चल्दै आएको संस्था भन्दै उनले सकारात्क योगदान गरेकोमा राज्यले मूल्यांकन गर्नुपर्ने बताए ।
‘देशकै नमुना यातायात समितिको रूपमा चिनिएको यस संस्थाले महाभुकम्पमा देश भरी बाटै सबै भन्दा पहिले सल्यान बाट गाडीहरू काठमाडौँ लगेर सल्यानी जनताहरूलाई साबिककै भाडामा सल्यान ल्याएको थियो, जतिबेला मौकाको फाइदा उठाउँदै देशमा लुटतन्त्र चलेको थियो’– अध्यक्ष बुढाथोकीले भने ‘भूकुम्प पीडितहरूमा निमित्त यातायातको कार्यसमिति, व्यवसायी र कर्मचारीहरू बाट रु. २,७८,१९९ ( दुई लाख अठ्त्तर हजार एक सय उनान्सय) उठेको थियो ।
समितिले सल्यानका एकदमै विकट गाउँ, गाउँका अफ्ट्यारा बाटोमा गाडी सञ्चालन गरेर गाउँका जनतालाई सुविधा दिँदै आएको छ। तत्कालीन समयमा कसैले यातायात सञ्चालन गर्न सकिन्छ भनेर नसोचेको रुकुम काठमाडौँ रात्रि बस लगायत नयाँ क्युहरु सञ्चालन गरेको थियो ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img