Thursday, April 18, 2024
Homeफिचरदंगीशरणमा बृहत घुम्ती शिविर

दंगीशरणमा बृहत घुम्ती शिविर

- Advertisement -spot_img

तुलसीपुर, २१ बैशाख ।
दंगीशरण गाउँपालिकाको वडा नम्बर २ गोल्टाकुरीमा शुक्रबार ‘सार्वजनिक सेवा प्राप्त गर्नु नागरिकको अधिकारी हो’ भन्ने मूल नारासहित एकीकृत बृहत घुम्ती शिविर सम्पन्न भएको छ ।
दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले एक कार्यक्रमका बीच घुम्ती शिविरको उद्घाटन गरेका हुन । कार्यक्रमको उद्घाटन गदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गाउँ–गाउँमा सिंहदरबार भनेझै संघीयता कार्यान्वयनको अनुभूति दिलाउन कार्यक्रम कोसेढुंगा हुने बताए । उनले घुम्ती शिविरमा उपलब्ध सेवाको भरपूर लाभ लिन सहभागी आम नागरिकलाई आग्रह समेत गरे ।

बृहत् घुम्ती शिविर कार्यक्रममा नागरिकता वितरण, बिरामीको स्वास्थ्य परिक्षा, आँखा जाँच, निःशुल्क औषधी वितरण, माटोको नमूना परिक्षण, तरकारी बिउविजन वितरण तथा विषादीसम्बन्धी कृषकलाई जानकारी, बोका तथा कुखुराको बन्ध्याकरण, गाई, भैसीलाई भ्यागुते, चरचरेको खोप, व्यक्तिगत घटना दर्ता, सिफारिसलगायतका सेवाहरु प्रदान गरिएको थियो ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले जनताको घरदैलोमा पुग्ने गाउँपालिकाको यो पहिलो प्रयास भएकोले यसबाट लाभ लिन र कार्यक्रमको दौरानमा केही कमीकमजोरी भए आगामी दिनहरुमा सच्याउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष चौधरीले यस्तै कार्यक्रम गाउँपालिकाका अन्य स्थानमा पनि आयोजना गरिने जानकारी समेत दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा खड्काले गाउँ– गाउँमा जनताको सेवा गर्न आफूहरु तयार रहेको बताउँदै यस्ता कार्यक्रमले जनतालाई सहयोग पुग्ने बताएकी छन् । कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले गरेका थिए ।

दंगीशरण गाउँपालिका र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त आयोजनामा बृहत् घुम्ती शिविरको आयोजना गरिएको हो ।
बृहत् घुम्ती शिविर कार्यक्रममा नागरिकता वितरण, बिरामीको स्वास्थ्य परिक्षा, आँखा जाँच, निःशुल्क औषधी वितरण, माटोको नमूना परिक्षण, तरकारी बिउविजन वितरण तथा विषादीसम्बन्धी कृषकलाई जानकारी, बोका तथा कुखुराको बन्ध्याकरण, गाई, भैसीलाई भ्यागुते, चरचरेको खोप, व्यक्तिगत घटना दर्ता, सिफारिसलगायतका सेवाहरु प्रदान गरिएको थियो । घुम्ती शिविरबाट दंगीशरण गाउँपालिकाको वडा नम्बर १ र २ का नागरिकहरुले सेवा लिएका थिए ।

शिविरमा ४५ जनालाई नागरिकता प्रदान गरिएको थियो भने २११ जनाको आँखाको परिक्षण गरी ३० जनालाई निःशुल्क शल्यक्रियाको लागि सिफारिस गरिएको थियो । त्यसैगरी २१८ जना बिरामीको चेकजाँच गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।
घुम्ती शिविरमा तीन सयजना कृषकलाई तरकारीको बिउबिजन वितरण तथा विषादीसम्बन्धी परामर्श सेवा प्रदान गरिएको थियो । ७८ वटा माटोका नमूना परिक्षण गरिएको थियो । साथै कार्यक्रममा १५० वटा पशुलाई खोप लगाइनुका साथै १५ बोकाको बन्ध्याकरण गरिएको र ३५० पशुलाई उपचार प्रदान गरिएको मस्तबीर क¥याकङ्रह्वाले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here