Friday, February 7, 2025
Homeप्रदेशमुन जाय इनले ट्रम्पलाई भेट्ने

मुन जाय इनले ट्रम्पलाई भेट्ने

- Advertisement -spot_img

सोल, २२ बैशाख (एजेन्सीहरु) ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने भएको छ । दुई कोरियाका शीर्ष नेताका बीचमा भएको शिखर सम्मेलनका बारेमा मुन र ट्रम्पका बीचमा अमेरिकाको वासिङटनमा भेटवार्ता हुने भएको हो ।
ट्रम्पको निमन्त्रणामा मुन वासिङटन जान लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शनिबार जानकारी दिएको छ । उनीहरुका बीचमा यही मे महिनाको २२ तारिखका दिन वासिङटनमै भेटवार्ता गर्ने मिति र स्थान तय भएको छ । ट्रम्प र किमको शिखर बैठक अगाडि दक्षिण कोरियाका राष्ट्रपति मुनले ट्रम्पलाई भेटेर दुई कोरियाको शिखर बैठकका बारेमा बताउँदै ट्रम्प–किम वार्ताको लागि सहजीकरण गरिदिन लागेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here