Wednesday, September 4, 2024
Homeमुख्य खबरकाँग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का

काँग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का

- Advertisement -spot_img

काठमाडौ, २१ बैशाख ।
नेपाली काँग्रेसमा निर्वाचन भएको दुई वर्षपछि पदाधिकारी विस्तार गरिएको छ । शुक्रबार मनोनयन गर्न बाँकी रहेका पदहरुमा मनोनयन गरिएको हो । काँग्रेसको उपसभापतिमा बिमलेन्द्र निधि नियुक्त भएका छन् । शुक्रबार बसेको काँग्रेस पदाधिकारी बैठकले महामन्त्रीमा पूर्णबहादुर खड्का, सह–महामन्त्रीमा डा. प्रकाशशरण महतलाई नियुक्त गरेको हो ।
विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको नाम बैठकले अनुमोदन गरेको थियो ।
वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्दा राम्रो सन्देश जाने सुझाव दिएको थियो । साथै मधेसी जनाधिकार फोरम
(लोकतान्त्रिक) पार्टीसँग एकीकरणका बेला भएको सहमति अनुसार नेता विजयकुमार गच्छदार र उक्त दलका नेतालाई समेत व्यवस्थापन गर्ने गरी निर्णय गर्नुपर्ने आवाज पनि बैठकमा उठेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here