Friday, January 24, 2025
Homeअर्थगोंगबु बसपार्कमा अब प्रालिका मात्रै काउण्टर

गोंगबु बसपार्कमा अब प्रालिका मात्रै काउण्टर

- Advertisement -spot_img

काठमाडौ , २१ बैशाख ।
सरकारले राजधानीको गोंगबुस्थित नयाँ बसपार्कबाट सबै यातायात समिति र संघका काउन्टर हटाउने निर्णय गरेको छ।
यातायात व्यवस्था विभागका प्रवक्ता तुलसी अर्यालका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय कार्यान्वयन गर्ने क‍्रममा नयाँ बसपार्कबाट समिति र संघका बोर्ड हटाउन थालिएको हो । यातायात व्यवस्था विभागका अनुसार समिति र संघका सबै काउन्टर र त्यहाँ राखिएका बोर्ड हटाएर विभिन्न यातायात कम्पनीहरुका बोर्ड राख्न थालिएको हो ।
‘मन्त्रालयको निर्णयानुसार विभागले बसपार्क व्यवस्थापन हेरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिलाई समिति र संघका सबै बोर्ड खाली गर्न निर्देशन दिइसकेका छौँ’, अर्यालले भने, ‘खाली गरिएका काउन्टरमा विभिन्न कम्पनीहरुका बोर्ड राख्न पनि भनिसकेका छौँ ।’ विभागका प्रवक्ता अर्यालले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार यस्तो निर्णय गरिएको हो । गाडी ग्यारेजमा थन्काएर सरकारलाई असहयोग गर्ने २६ वटा माइक्रोको रुट इजाजत पनि खारेज गरिएको अर्यालले बताए ।
मन्त्रालयको निर्णयपछि विभागले नयाँ बसपार्कमा अब कम्पनीहरुका मात्रै बोर्ड राख्न पनि ल्होत्से प्रालिलाई निर्देशन दिएको छ । अर्यालले ल्होत्सेले काउन्टर हटाउन सुरक्षा मागेपछि त्यहाँस्थित प्रहरीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न पनि भनिसकिएको जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here