Saturday, April 13, 2024
Homeफिचरधमाधम ब्यवसायी पक्राउ

धमाधम ब्यवसायी पक्राउ

- Advertisement -spot_img

दाङ, २१ बैशाख ।
यातायात व्यवसायी समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्देशन दिए लगतै दाङमा पनि ब्यवसायीहरुलाई पक्राउ गर्न सुरु गरिएको छ । मन्त्रीको निर्देशन पछि तुलसीपुर जीप तथा मिनि माइक्रोबस, बस व्यवसायी समितिका कार्यबाहक अध्यक्ष डिल्ली भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाका अनुसार भण्डारीलाई पक्राउ गरिएको हो । यो संगै जिल्लामा रहेका ब्यवसायीका नेताहरुलाई प्रहरीले तीव्र रुपमा खोजिरहेको छ ।
दाङमा रहेका समितिका पदाधिकारीहरुलाई खोजी तिब्र पारिएको दाङ प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिइन् । उनले केही ब्यवसायीलाई पक्राउ गरिएको पुष्टि गरिन् । सरकारी निर्णयको बिरोधमा जिल्लामा रहेका सातवटा यातायात समितिले शुक्रबार आफ्ना सवारी साधनहरु नचलाएर ग्यारेजमा थन्काएका छन् । अहिले दाङसहित देशैभर धमाधम यातायात व्यवसायीहरु पक्राउ पर्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठका अनुसार गाडी नचलाउने समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न गृह मन्त्रालयको आदेश आएको भन्दै दाङमा पनि यातायात समितिका पदाधिकारीहरुको खोजि भैरहेकोे बताए ।

सरकारी निर्णयको बिरोधमा जिल्लामा रहेका सातवटा यातायात समितिले शुक्रबार आफ्ना सवारी साधनहरु नचलाएर ग्यारेजमा थन्काएका छन् । अहिले दाङसहित देशैभर धमाधम यातायात व्यवसायीहरु पक्राउ पर्न थालेका छन् ।

यस्तै बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरेको छ । प्रहरीले बुटवलबाटै यातायात व्यवसायी समितिका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई समेत पक्राउ गरेको । दाङ लगायत देशैभर बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् ।
यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पनि पक्राउ परेका छन् । काठमाडौंको भृकुटीमण्डपबाट उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोख्रेलले बताए । अहिले उनलाई टेकुमा राखिएको छ । सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here