लमही, १९ बैशाख ।
विश्व भेटनरी दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ३ को खुुरुरीयामा एकदिने पशुु स्वास्थ्य शिविर एवं निःशुुल्क खोप तथा आन्तरिक परजीवि विरुद्ध औषधि खुुवाउने कार्यक्रम सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको सहयोग तथा राप्ती प्राविधिक शिक्षालय मौरीघाटको आयोजनामा एक हजार दुईसय ७५ गाई, भैसीमा खोरेत विरुद्ध खोप तथा माटे जुुकाको औषधि खुुवाउने, तीनसय २२ बाख्रा भेडामा भित्रि बाहिरी परजीविविरुद्ध खोप तथा औषधि खुवाउने, चारसय ३१ बंगुर सुुङ्गुुरमा स्वाइन फिगरविरुद्ध खोप लगाउने कार्य सम्पन्न भएको छ ।
शिविरमा २८ गाई, भैसीको थुुनेलो परीक्षण गरिएकोमा १२ गाई, भैसीमा गम्भीर थुुनेलो भएको पाइएकोमा उपचार गरिएको छ । साथै ६७ पशुुहरुको गोबर परीक्षणसमेत गरी सहभागी तथा पशुुपालक कृषकलाई पशुु स्वाथ्य सम्बन्धी ज्ञान पनि दिइएको राप्ती गाउँपालिका पशु सेवा शाखा प्रमुुख हेमराज आचार्यले जानकारी दिए ।
शिविर राप्ती गाउँपालिका वडा नम्बर ३ का सदस्य रामनाथ चौधरीको अध्यक्षता तथा पशुु चिकित्सक डा. राजु भुसाल, चिकित्सक डा.विष्णुु सुुवेदी, राप्ती गाउँपालिका पशु सेवा शाखा प्रमुख हेमराज आचार्य, लालमटिया पशुसेवा केन्द्रका राजविक्रम चौधरी, लमही पशुुसेवा केन्द्रका गणेशकुमार चौधरी, प्राईभेट पाराभेटका तिलक अधिकारी, कृष्ण विष्ट, राप्ती प्राविधिक शिक्षालयका डिप्लोमा दोस्रो वर्षका विद्यार्थीहरुको प्रत्यक्ष उपचार तथा परामर्शमा सम्पन्न भएको छ ।
Stay Connected
Must Read