दाङ, १७ बैशाख ।
दाङमा आइतबार बेलुका परेको असिनापानी र हावाहुरीले सबैक्षेत्रमा विदण्डा मच्चाएको छ । तरकारी, विद्युत, घर, विद्यालयमा विदण्डा मच्चाएको हो । हावाहुरी र असिना पानीका कारण किसानहरुले व्यावसायीक रुपमा लगाएको बेमौसी तरकारी खेतीमा ठूलो क्षति गरेको छ । जिल्ला कृषि विकास कार्यालयबाट आधिकारिक जानकारी नआए पनि किसानहरुका अनुसार तरकारी खेतीमा असिना र हावाहुरीले ठूलो क्षति पु¥याएको छ । सोमबार सार्वजनिक बिदा भएकोले जिल्लाको विभिन्न स्थानमा भएको क्षतिको विवरण आउन नसकेको कृषि कार्यालयका फोकल पर्सन तिलक केसीले बताए ।
उनले अधिकांश स्थानमा लगाइएको तरकारी बालीमा ठूलो क्षति पुगेको आफूहरुलाई खबर आएको तर पूर्ण विवरण आउन केही दिन लाग्ने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा आइतबार परेको अबिरल पानीसँगैको असिना तथा हावाहुरीका कारण दश बिगाहा भन्दा बढीमा लगाइएको काँक्रा, टमाटर, लौका, बोडी, भिण्डी, सिमी, खुर्सानी, तितेकरेला लगायतका तरकारी बाली पूर्णरुपमा नष्ट भएको कृषक भरत केसीले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा करिब ५० लाख बढीको क्षति भएको छ ।
यस्तै देउखुरी क्षेत्रमा समेत हावाहुरीको कारण लमही–३ टिकुलीगढ र घुम्नाका किसानले झण्डै ५० बिगाह जमीनमा लगाएको ब्यवसायिक तरकारी खेतीमा समेत असिनापानीले क्षति पु¥याएको छ । त्यस्तै देउखुरीकै तरकारी खेतीको लागि पकेट क्षेत्र मानिने मध्यनगर, कश्यपुर, सिसहनियामा समेत किसानहरुले लगाएको तरकारी बालीमा ठूलो क्षति पुगेको खबर प्राप्त भएका छन् ।
जिल्ला कृषि विकास कार्यालयबाट आधिकारिक जानकारी नआए पनि किसानहरुका अनुसार तरकारी खेतीमा असिना र हावाहुरीले ठूलो क्षति पु¥याएको छ । सोमबार सार्वजनिक बिदा भएकोले जिल्लाको विभिन्न स्थानमा भएको क्षतिको विवरण आउन नसकेको कृषि कार्यालयका फोकल पर्सन तिलक केसीले बताए ।
तुलसीपुर उप–महानगरपालिकाको उरहरी, मोतिपुर, हेमन्तपुरलगायतका विभिन्न क्षेत्रमा पनि तरकारी बालीमा क्षति पुगेको स्थानीय किसानहले बताएका छन् । पश्चिम दाङको गोल्टाकुरी, हेकुलीलगायतका स्थानमा समेत कृषकहरुले लगाएको तरकारी बालीमा ठूलो क्षति पुगेको किसानहरुले बताएका छन् ।
रेडियोमा क्षति
तुलसीपुरमा रहेका दुईवटा रेडियो स्टेशनमा समेत क्षति पुगेको छ । तुलसीपुरमा रहेको रेडियो तुलसीपुर र रेडियो सञ्जिवनीमा हावाहुरीको कारण क्षति पुगेको रेडियो स्टेशनहरुले बताएका छन् । रेडियो तुलसीपुरमा हावाहुरीको कारण करिब नौ लाख मूल्य बराबरको सोलार प्यानल पूर्णरुपमा क्षति भएको र रेडियोको टावर बाङ्गिनुका साथै टावरको पिलर समेत हावाले उम्काएको छ । टावर मर्मतका लागि काठमाडौंबाट प्राविधिक टोली बोलाइ सकिएकोले टावर फुकालेर नयाँ टावर जडान गरेलगत्तै प्रसारण सुचारु गरिने रेडियो तुलसीपुरले जानकारी दिएको छ ।
यस्तै रेडियो सञ्जिवनीमा समेत क्षति पुगेको रेडियोका सम्पादक विमल गौतमले जानकारी दिएका छन् । चट्याङले रेडियोको एन्टिना, डिभाईडर, टेलिफोन हाईवे्रड, तथा ट्रान्समिटरमा क्षति पुगेको छ । सञ्चालन भैरहेको रेडियोमा असिना र पानीले क्षति पु¥याउँदा रेडियो बन्द भएको र रेडियो सञ्चालनका लागि तीन लाख बढी रकम लाग्नसक्ने अनुमान गरिएको छ ।
विभिन्न ठाउ“मा विद्युत अवरुद्ध
आइतबार बेलुका आएको हावाहुरीको कारण जिल्लाका विभिन्न ठाउँमा विद्युत सेवासमेत अवरुद्ध हुन पुगेको छ । विद्युत वितरण केन्द्र तुलसीपुरमा चट्याङ लाग्दा लाखौको क्षति भएको छ । जसले गर्दा गयरातिदेखि विद्युत अवरुद्ध भएको कार्यालयले बताएको छ । सोमबारसम्म तुलसीपुर, घोराही, लमही, सल्यान, रुकुम, रोल्पालगायतका ठाउँहरुमा विद्युत अवरुद्ध भएको तुलसीपुर वितरण केन्द्रले बताएको छ ।
यता तुलसीपुर बजारको केही स्थानमा भने सोमबार बिहानदेखि विद्युत सेवा सञ्चालनमा आएपनि अधिकांश क्षेत्रमा विद्युत सञ्चालनमा आउन दिनभर लागेको थियो । कार्यालय प्रमुख दिपकजंग चौधरीले मंगलबारसम्म सबै क्षेत्रको विद्युत पूर्णरुपमा सुचारु हुने बताए । कार्यालयका अनुसार जिल्लाका अधिकांश स्थानमा विद्युतका पोल ढलेको र तारहरु चुडिएको छ ।
विद्यालय र घरको छाना समेत उडे
आइतबार एक्कासी आएको हावाहुरीले जिल्लाका विभिन्न स्थानका घरहरुमा समेत क्षति पुगेको खबर प्राप्त भएको छ । हावाका जिल्लामा केही घरका जस्तापाता समेत उडाएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार तुलसीपुर उप–महानगरपालिका वडा नम्वर ९ मा रहेको सरस्वती आधारभूत विद्यालयको जस्तापाता समेत उडाएको छ ।
तीन घाइते
हावाहुरीको कारण जिल्लामा तीनजना घाइते भएको खबर समेत प्राप्त भएको छ । घाइते हुनेमा तुलसीपुर उप–महानगरपालिका सरस्वती चौतारा आधारभूत सल्लीवनमा कक्षा ७ मा अध्ययन गर्ने एक विद्यार्थीलाई स्कुलको टिन उडाउँदा टिनले टाउकोमा लागेर उनी घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
हावाहुरी असिनापानीसँगै आएको चट्याङले बंगलाचुली गाउँपालिका–३ बस्ने वर्ष ३४ कि रोवरी बाठा घाइते भएको दाङ प्रहरीले बताएको छ । यस्तै दंगीशरण गाउँपालिकामा पनि एकजना घाइते भएका छन् । घाइते भएकाहरु सामान्य उपचार पछि घर पर्केका छन् ।