Saturday, April 13, 2024
Homeमुख्य खबरकार्यालयमा थुप्रियो तुलसीपुरको फोहोर

कार्यालयमा थुप्रियो तुलसीपुरको फोहोर

- Advertisement -spot_img

तुलसीपुर, १६ बैशाख ।
अस्थायी रुपमा स्थापना गरिएको डम्पिङ साइट ब्यवस्थित नभएको भन्दै स्थानीयहरु आन्दोलित भएपछि तुलसीपुर उपहानगरपालिकाको बजार क्षेत्रको फोहोर कार्यालय परिसरमा थुपारिएको छ ।
आइतबार स्थानीयहरुले व्यवस्थापन नहुँदासम्म फोहर फाल्न नदिने भन्दै विरोध गरे पनि फोहोर कार्यालय परिसरमा राखिएको उप–महानगरपालिकाले बताएको छ । अहिले पातुखोला बगर क्षेत्रको लक्ष्मीकमल सामुदायिक वन क्षेत्रमा फोहर ब्यवस्थापन हँुदै आएको थियो । फोहर व्यवस्थापन राम्रोसँग नहुँदा फोहरले स्थानीय बस्ती र खेतीयोग्य जमिनमा समस्या ल्याएको भन्दै स्थानीयहरु आन्दोलित भएको जगतबहादुर खड्काले बताए ।

उनले फोहोरको सही ब्यवस्थापन नभएमा स्थानीय किसानहरु सबैभन्दा बढी मारमा रहेको बताए । डम्पिङ साइटमा फोहर व्यवस्थापन हुन नसक्दा नगर क्षेत्रमा उठेको फोहर उपमहानगपालिका हाताभित्रै थन्काइएको स्थानीय रेशम भण्डारीले जानकारी दिए । फोहोरको प्रत्यक्ष मारमा गौलौरा, राइखलियान, गौरीगाउँ, बेलगनार, बनगाउँ, नवलपुर, गोलौरी, नयाँगाउँ लगायतका बस्ती र खेतीयोग्य जमिन समस्यामा परेको छ । जथाभावी फोर फाल्दा स्थानीय नागरिकहरुले उप–महानगरपालिकाले बजार क्षेत्रको फोहर फाल्ने स्थानबाट आफूहरुले खेती गर्ने जमिनमा कुलोले पूरै फोहोर लग्ने र आफूहरुको खेत बारीमा थुपार्ने गरेको भन्दै तत्काल यो समस्या समाधान गर्न उनीहरुले नगरप्रमुख घनश्याम पाण्डेको ध्यानाकर्षणसमेत गराएका छन् ।

उक्त क्षेत्रका उपभोक्ताहरुले आइतबार फोहोर फाल्न नदिदा बजार क्षेत्रबाट उठाइएको फोहरका गाडीहरु समेत उप–महानगरपालिकाकै हाताभित्र थन्किएका छन् । स्थानीय उपभोक्ताहरुले उप–महानगरपालिकाले आफूहरुको समस्यालाई बेवास्ता गर्दै जबरजस्ती रुपमा अगाडि बढेको भन्दै तत्काल आफ्ना समस्या समाधान नगरे फोहोर फाल्न नदिने उनीहरुले चेतावनी दिएका थिए ।
नगरका फोहोर ब्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेले त्यसको ब्यवस्थापन हुने बताए । समाज क्यान अधिकृत टोपबहादुर डाँगीले स्थानीयहरुसँग फोहोर ब्यवस्थापनको लागि छलफल भएको र त्यसलाई तत्काल नगरले समाधान गर्नुपर्ने काम गरेर सहज बनाइने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here