तुलसीपुर ।
राप्तीको सबै भन्दा पुरानो बस समिति राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले आफानो ३३ र्औ साधारण सभा तथा १७औं अधिवेसन गरेको छ । शुक्रवार भब्य समारोहका विच दाङको तुलसीपुरमा साधारण सभा सम्पन्न गरेको हो ।
कर्यक्रमका सहभागिहरुले यातायातको सेवालाई गुणस्तरीय बनाउँदै ब्यवसायीक एकतामा जोड दिनु पर्ने वताएका थिए । उनीहरुले नागरिकले विश्वास गर्ने गुणस्तरीय सेवा दिन आग्रह समेत गरे । दाङमा यातायात क्षेत्रले सेवा रगुणस्तरमा फट्को मारेको भनदै त्यसलाई अझै प्रभावकारी वनाएर लैजान आग्रह गरे ।
कार्यक्रममा सहभागि ब्यवसायीहरुले निजी लगानीका यातायात क्षेत्रलाई प्रोत्साही गर्ने गरि राज्यले कार्यक्रम ल्याउनपर्ने बताए । ब्यबसायीहरुले राम्रो सडक, उच्च स्तरको बसपार्क र यातायात ब्यबसायी र मजदुरका लागि प्रशिक्षणको ब्यबस्था सरकारले गराउनुपर्ने माग गरे । देशका केही बसपार्क र सडक राम्रा भएपनि अधिकासं ठाँउको अबस्था भने कम्जोर रहेको भन्दै यसको सुधार हुनु पर्ने वताए । सडक र पुल तोकिएको समयमा सम्पन्न नहुला यातायात सेवामा सामस्या रहेको बताए ।
कार्यक्रमको उदघाटन गर्दै नेपाल राष्ट्रिय यातायाता व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायाता ब्यवसयीहरुको हक र हितका लागि ब्यवसायीक एकता अनिवार्य भएको वताए । सरकारले सार्वजनिक यातायातका निर्णयहरु आफुखुसी गर्दै गएको भन्दै कार्यान्वयनमा यातायता ब्यवसायीलाई मान्य नभएको वताएका छन । उनले सरकारले २० वर्से पुराना गाडिहरु हटाउने निर्णय एकतर्फि रुपमा गरेको भन्दै त्यो कार्यान्वयनमा ब्यसायीहरुले सहयोग नगर्ने समेत बताए । यातायात ब्यवसायी संगको छलफल विनै यातायातका निर्णय सरकारले गरेको उनको आरोप छ । २० बर्षका पुराना गाडीलाई हटाउने एक तर्फी निर्णय गरेमा दुर्भाग्य हुने चेतावनी समेत उनले दिएका छन । नेपाल सरकारले आगामी साउन एक गते देखि बीस बर्ष पुराना सवारी साधन संचालनमा रोक लगाउने नीति अघि सारेको भन्दै अध्यक्ष कर्माचार्यको यो विषयमा यातायात ब्यवसायी संग समन्वय र सहकार्य हुनु पर्ने उल्लेख गरे ।
अध्यक्ष कर्मचार्यले यस्तो बताएका हुन । उनले पुराना गाडिको विषयमा यातायात ब्यवसायी र सरकार बीचको वार्ता र छलफलबाट उचित निकास खोज्नु पर्ने धारणा राखे । एकतर्फी रुपमा निर्णय लाद्ने काम सरकारबाट भएमा यातायात व्यवसायीलाई मान्य हुने छैन ,अध्यक्ष कर्माचार्यले भने, ‘सरोकारवाला पक्ष हामी हौं, हामी संगको सहकार्य अनिवार्य हुनु पर्छ । वार्ता र संवाद मार्फत यसको उचित निकास खोजौ, उनले भने , एक तर्फी रुपमा निर्णय गरेर राज्य अघि बढे त्यसको विरुद्धमा महासंघ लाग्नु पर्ने बाध्यता आउन सक्छ ।
राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिका अध्यक्ष सुरेश हमालले राज्यले गर्न नसकेको काम निजी क्षेत्रबाट यातायात ब्यवसायीले गरेको भन्दै त्यसको उचित मुल्याकन राज्यबाट नभएको गुनासो गरे । उनले यातायात क्षेत्रलाई ब्यवस्थित गर्न यातायात प्राधिकरण निर्माण गर्नु पर्ने बताए ।
महासंघका महासचिव सरोज सिटौला, उपाध्यक्ष पुष्पा श्रेष्ठले राजयले यातायात ब्यवसायीहरुलाई फरक नजरले हेरेको वताए । समितिका अध्यक्ष शुरेस हमालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का, नेपाली काँग्रेस दाङका सचिब शंकरप्रसाद डाँगी, नेकपा माओबादीका नेता रामजी चौधरी मिलन, तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डे, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ लगायतकाले वोलेका थिए ।
यस्तै नेपाल राष्ट्रिय यातायात ब्यबसायी महासंघका निरज चलाउने, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले तुलसीपुर उद्योग बाणिज्य संघका रामप्रसाद चालिसे, समितिका अनुगमन संयोजक युवराज शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सवीन प्रियासन, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब सुशील बस्नेत, बेल्झुण्डी खानेपानी सरसफाई उपभोक्त समितिका अध्यक्ष प्रदीप मज्गैया लगायतले वोलेका थिए । कार्यक्रममा प्रशासनीक सचिब नारायण न्यौपानेले सांगठनीक प्रतिबेदन प्रस्तुत गरेका थिए । स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष भरतनाथ योगी र सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो । समास सेवी टोपबहादुर महतरा, खुमानन्द अधिकारी, पत्रकार खेमराज रिजाल लगायतका उत्कृष्ट कार्य गर्ने कर्मचारी, मजदुर, गाडी धनी पूर्ब तथा संस्थापक अध्यक्ष,ब्यबसायी लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
Stay Connected
Must Read