तुलसीपुर ।
राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायि समितिका अध्यक्ष सुरेश हमाल पुनः अर्को कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन । शुक्रवार भएको १७ औ अधिबेशनबाट हमाल नयाँ कार्यकालका लागि अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन ।
अध्यक्षमा अरु कसैको उम्मेद्धवारी नपरेपछि हमाल निर्बिरोध निवार्चित भएको निर्वाचन सयोजक प्रबिण लम्सालले जानकारी दिए । साथै उपाध्यक्षमा पुष्कर धिताल र मान वहादुर डिसी, प्रशासनिक सचिव नारायण प्रसाद न्यौपाने पनि निर्विरोध निर्वाचित भएका छन । समितिका अधिकाश सदस्यहरु समेत निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
बरिष्ठ उपाध्यक्षमा भने वर्तमान वरिष्ठ उपाध्यक्ष भरतनाथ योगी र बामदेब खनालको उम्मेद्धवारी परेको छ । समितिमा ६ सय ३५ यातायात ब्यबसायी आबद्ध रहेका छन् ।
Stay Connected
Must Read