Sunday, December 15, 2024
Homeराजनीतिजस्तोसुकै चुनौतीको सामान ः मुख्यमन्त्री पोख्रेल

जस्तोसुकै चुनौतीको सामान ः मुख्यमन्त्री पोख्रेल

- Advertisement -spot_img

दाङ ।
प्रदेश र स्थानीय सरकार सञ्चालनकोलागि कानुन निर्माण महत्वपूर्ण भएकाले पहिलो प्राथामिकता कानुन निर्माणलाई राखेर प्रदेश सरकारले काम गरिरहेको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले बताएका छन ।
उनले बताए । पोख्रेले अहिले सरकार कानुन बनाउन लागेको र केहि बनिसकेको जानकारी दिए । बुधबार तुलसीपुरमा भएको मेयर कप बिच बल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकार संचालनका लागी आवश्यक पर्ने कानुन निर्माणको मुख्य जिम्मेवारी पुरा गर्दे प्रदेश र स्थानीय तहको समृद्धिका लागि योजना बनाइरको बताए ।
उनले प्रदेश सरकारले कानुन बनाएर जनप्रतिनिधिको सेवा सुविधा तोकेको जानकारी दिए । परिवर्तनका लागि ठूलो सर्घष भएको र परिवर्तन आएको भन्दै अव विकास संमृद्धिका लागि लाग्नुपर्ने समय आएको वताए । पोख्रेलले दाङ औद्योगिक, पर्यटकीय र प्रशासनीक केन्द्र हुन सक्ने भन्दै त्यसको विकासलागि प्रदेश सरकार लाग्ने वताए । उनले औद्योगिक हवको रुपमा चिनिन थालेको भन्दै नमुना र ब्यवस्थित विकास सुरु गर्ने वताए । प्रदेश भरी ३ वटा ठूला महानगरपालिका स्थापना गर्ने र सबेलाई आफआफनो परिचय दिने सरकारको सोच रहेको वताए ।
मुख्यमन्त्री पोख्रेलले दाङलाई खेलकुद सिटिको रुपमा विकास गनृे योजना राखेपले अघि सारेको भन्दै जिल्लाको चिनारी खेलकुदले गराउने वताए । उनले स्थानीयतहमा हुने यस्ता प्रतियोगिताले दक्ष खेलाडीहरुको उत्पादन र पहिचान गर्ने बताए । सरकारले कृर्षि, वन वातावरण लगायतका पक्षमा ध्यान दिनु पर्ने उनले वताए ।
यसैबिच घोराहीमा भएको कार्यक्रममा समवोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशको काम सबै शून्य अवस्थाबाट शुरु गर्नुपर्ने भएकाले धेरै चुनौतीहरु रहेको बताएका छन । प्रदेश सरकार सञ्चालनमा चुनौती भएपनि जनताको साथ पाए आफूहरु जस्तोसुकै चुनौती पनि सामना गरेर अघि बढने वताए ।
नेकपा एमाले दाङले बुधवार घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पोख्रेलले प्रदेश सरकार सञ्चालन गर्न आवश्यक कानुन निर्माण गर्न लागिएको र कानुन निर्माण भएपछि जनताको आकाक्षा र संमृद्धिका लागि काम गर्ने बताए । आफूहरुले मन्त्रिपरिषद विस्तारभन्दा पहिलो प्राथमिकता कानुन निर्माणलाई दिएको भन्दै उनले अब प्रदेशस्तरीय योजना आयोग निर्माण गरेर प्रदेश नम्बर ५ का जनताको आकांक्षा अनुसार योजना तर्जमा गरेर अघि वढ्ने जानकारी दिए । ‘अन्य प्रदेशमा मन्त्रिपरिषद विस्तार भइरहेका छन् तर हामीले त्यो भन्दा महत्वपूर्ण काम प्रदेश सञ्चालनका लागि कानुन आवश्यक ठानियौं र कानुन निर्माणमा जुटेका छौं’, उनले भने, ‘अब हामी प्रदेशस्तरीय योजना आयोग पनि निर्माण गर्दैछौं ।’
प्रदेशस्तरीय योजना आयोगले ५ नम्बर प्रदेशका योजना तर्जुमा गर्ने र यो प्रदेशमा तीन महानगरपालिका निर्माण गर्दै विभिन्न क्षेत्रलाई त्यहाँ उपयुक्त रहने विषयवस्तुको पकेट क्षेत्र निर्माण गरी संमृद्धि र विकासको बाटोमा लाग्ने मन्त्री पोख्रेलको भनाइ थियो । प्रदेशको स्थायी राजधानीको प्रशंगमा उनले दाङ प्रदेश ५ को लागि सबैभन्दा उपयुक्त जिल्ला भन्नेमा कुनै दुई मत नभएको उल्लेख गर्दै मन्त्री पोख्रेलले यसलाई स्थायीत्व दिनका लागि पद्धतीमा जानु आवश्यक रहेको बताए । उनले दाङले परिकल्पना गरेको संमृद्धिलाई किमार्थ चुक्न नदिने भन्दै उनले यसका लागि जनताले साथ दिन आग्रह गरे । उनले दाङलाई शिक्षा क्षेत्रको हव पनि बनाउने प्रतिवद्धता जनाए ।
जनताको समस्या समाधान र आकांक्षा अनुसार काम गर्नु तिनै तहको सरकारको अहिलेको आवश्यकता औल्याउदै उनले अबको पाँच वर्षमा जनताको आकांक्षा अनुसार काम गर्न नसके जनताले माफि नदिने समेत बताए । उनले यसैअनुरुप काम गर्न समेत स्थानीय सरकारलाई आग्रह गरे ।
एमाले जिल्ला अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेललाई फुलमाला र खादाले स्वागत गरिएको थियो । उपसचिव सुरामणि वेलकासेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव हिराचन्द्र केसीले गरेका थिए । यसैबीच मन्त्री पोख्रेलले बुधवार जिल्लाका कार्यालय प्रमुखहरुसँग पनि छलफल गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here