तुलसीपुर ८ फागुन ।
लक्ष्मीनारायण मन्दिर तुलसीपुर ६ रजौरामा जारी श्र्रीमदभागवत महायज्ञको सातौ दिन सम्म १६ लाख बढि रकम संकलन भएको छ ।
वैदिक धर्मजागरण एंव पितृ उद्धारका लागि फाल्गुन दुई गतेवाट सुरु भएको श्रीमदभागवत सप्ताह धनधान्याचल ज्ञानमहायज्ञमा बिभिन्न दानदाताहरुले धार्मीक आस्थाकाकै कारण महायज्ञमा दान गर्ने दानविरको संख्या सातौ दिन आईपुग्दा बढेको आयोजकले वताएको छ ।
सातौ दिन महायज्ञमा तुलसीपुरमा ५ मा रहेको पतिमा हार्डवयेर बाट १२ हजार १ सय पाँच रुपैया,बिमल रिजाल बाट १२ हजार ५ रुपैया,दंगिशरण ५ मिरौलीका पदमा रेग्मिले १२ हजार ५ रुपैया त्यस्तै तुलसीपुर उपमहानगरपालिका १७ का हरीलाल पौडेल बाट १२ हजार ५ रुपैया दान उठेको महायज्ञ मुल समारोहका संयोजक खिम पसाद खरेलले वताएका छन । उनका अनुसार महायज्ञको छैठौ दिन सम्म १२ लाख संकलन भएकोमा सातौ दिनमात्र ४ लाख रकम संकलन भएको उनले वताएका छन ।
फाल्गुण २ गतेदेखी जारी महायज्ञ ९ गते सम्म सञ्चालन हुने वताईएको छ ।
जारी महायज्ञमा हालसम्म तुलसीपुर २ पहलुवाका घनश्याम उपाध्यायले आमा कमलादेवि उपाध्यायको संझनामा नगद ६१ हजार दान गरेको महायज्ञका सचिवालय सचिव मनोज रेग्मीले जानकारी दिएका छन ।
आवासीय सुविधा सहित तुलसीपुरमा वैदीक गुरुकुल सञ्चालनार्थका साथै गोसेवा सुव्यवस्थापन गर्र्नेे लक्ष्यसाथ सञ्चालन गरीएको महायज्ञमा भक्तजनहरुको संख्यामा वृद्र्धी भए संगै महायज्ञ सञ्चालनको समय थप एक दिन बढाउने तयारी समेत भएको महायज्ञ सञ्चालन मुल आयोजक समितिले वताएको छ ।
महायज्ञ मुल समारोह समितिले महायज्ञमा सहभागी भई कर्ताको रुपमा सहभागी मुल कर्ताको लागि ५१ हजार सहयाक कर्ताको लागि पैंतिस हजार कर्ताको लागि ११ हजार र बिभिन्न कार्यको लागि स —शुल्क तोकेको छ । त्यस्तै महायज्ञमा दान गर्ने दानविरको लागि सम्मान गर्ने व्यवस्था समेत मिलाईएको छ ।
Stay Connected
Must Read