दाङ ।
दाङका बिभिन्न खोलाहरुमा पुल निर्माणलेका योजना हरु सञ्चालन भएका छन । सबै खोला हरुमा पुल निर्माण सम्पन्न भए दाङ सबै क्षेत्र पुलले जोडिने पक्का छ । विभिन्न खोला र नदीहरुमा स्थानमा निर्माण हुन थालेका पुलको संख्या यो वर्ष मात्रै तिन दर्जन रहेका छन ।
पुल निर्माणको संख्यालाई हेर्ने हो भने अव दाङ पुलले जोडिने संभावनामा दुईमत छैन । लामो समयदेखि दाङका बिभिन्न नदि तथा खोलाहरुमा पुल नहुदा नागरीकहरुले भोग्नु परेको पिडा धेरै छ । तर यो बर्ष दाङका नदि तथा खोलाहरुमा निर्माण हुन थालेका पुलको संख्यालाई हेर्ने हो भने जिल्लाका नागरिकहरुले भोग्नु परेको पिडा अव केहि समयमै कम हुने देखिएको छ । यो बर्ष मात्र जिल्लामा निर्माण हुन थालेका पुलको संख्यालाई आधार मान्ने हो भने आउँदो बर्षमा दाङको अधिकांश क्षेत्रका नागरिकलाई पुलले एक आपसमा जोड्ने प्राय पक्का रहेको छ । जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन दुईदर्जन बढी पुलको निर्माण कार्य समयमा सम्पन्न हुने हो भने यो बर्षमै जिल्ला वासीले ठुलो राहतको अनुभुती पर्ने छन । तर जिल्लामा हाल निर्माणाधीन पुल मात्र नभएर यस पूर्वका पुलहरु पनि ठेकेदार कम्पनीहरुसँग भएको सम्झौता समय भन्दा निकै पछि मात्र निर्माण सम्पन्न हुने देखिएको मध्यपश्चिम सडक डिभिजन कार्यालयल दाङले वताएको छ ।सम्झौता भएको समयावधी भित्र दाङमा पुलहरुको निर्माण कार्य सम्पन्न हुने हो भने पानी मुनिको पुल भनेर चिनिदै आएको दाङ केहि वर्षमा पुलै पुलको जिल्ला भनेर चिनिने छ ।
मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका यो बर्षमात्र दाङमा एक्काईस वटा पुल निर्माण भैरहेको बताएको छ । कार्यालयका अनुसार निर्माण कम्पनी कै लापरबाहीका कारण कतीपय योजनाहरु समयमै सम्पन्न हुन सकेका छैनन । तर जिल्लाका केहि स्थानहरुमा पुल निर्माणको काम धमाधम अगाडि समेत बढेको पाईएको छ । यो आर्थिक बर्षमा दाङका बिभिन्न स्थानमा निर्माण भैरहेका पुलहरु भने तोकिएकै समयमै निर्माण भैसक्ने देखिएको छ तर पनि एउटा निर्माण कम्पनीले धेरै ठेक्काको जिम्मेवारी लिने र कुनै पनि काम जिम्मेवारी रुपमा सञ्चालन नगर्दा योजनाहरु समय मै सम्पन्न हुन सकेका छैनन ।
दाङमा कहाँ कहाँ बन्दै छन पुल
सडक डिभिजन कार्यालयल दाङका अनुसार लमही घोराही सडकखण्डको बबइ नदी, बबई नदी धारापानी, ढिकपुरको बबई नदी, गुर्जे खोला, संग्राम खोला, पत्रे खोला,कटुवा खोला, मायाखोला हेकुली, संग्राम खोला, हापुरखोला कोठरी कोट्याडाँँडाँ, सिक्रहवा प्रनाहा खोला गढवा, करुंगा खोला कालाखोला सिसहनीया , गहते खोला, तुइसोता गिधनीया फुलबारी , ककरहवा खोला गढवा, हापुर खोला आँखा अस्पताल निगुवा बगीया माथिल्नो सडक, सेवार खोला नयाँ बसपार्क घोराही , हापुर खोला पुल तल्नो निर्माण प्रक्रियामा रहेका छन ।
कार्यालयका सुचना अधिकारी दुर्गा गौतमका अनुसार यो आर्थिक बर्षमा जिल्लामा एक्काइस वटा पुल निर्माण हुने लक्ष्य रहेको र जसको कुल लागत करिव १ अरब ४७ करोड रहेको उनले बताए । पुल महाशाखाले राप्ती नदीमा तिन वटा पुल , त्यस्तै बबई नदीको हेकुली गोल्टाकुरी जोड्ने बैबाङ, बबई नदीको मठ्यौरा ,बबई नदीकै लुहाडबरा, ग्वार खोलाको कपडादेबी मजगाँउ ,घोराही तुलसीपुरको सडक खण्डको ग्वारखोलामा त्यस्तै पातु खोलाको सुकौरा सुकदेवा सडक खण्डमा गरेर जिल्लामा यो आर्थिक बर्षमा ८ वटा पुल निर्माण गर्दैछ । त्यसको कुल लागत करीव तिन अरव रहेको छ ।
जिल्ला प्राविधिक कार्यालय सिग्रवा खोला गढवा, भालुदोन्द्रे खोला गंगापरस्पुर ,सर्रा धर्ना सडक खण्डको सौडियारको बबई नदी, त्यस्तै चिराघाटखोला श्रिगाउँ गरेर यो आर्थिक बर्ष जिल्ला प्रबिधिक कार्यालयबाट कुल ४ वटा पुलहरु निर्माण हुदै गरेको र जसको कुल लागत करीब १८ करोड रहेको छ कार्यालयका ईञ्जिनियर बासुदेब भण्डारीले बताए ।