तुलसीपुर ।
तुलसीपुरमा आधुनिक अटो भिलेज निर्माण हुने भएको छ । अटो भिलेजलाई ब्यवस्थित र एकिकृत गर्न तुलसीपुर उपमहानगरपालिका र ब्यवसायीहरुको लगानीमा आधुनिक अटो भिलेज निमार्ण गर्न लागिएको हो ।
तुलसीपुरको अटो भिलेलाई आधुनिक र नमुना योग्य वनाउने गरि निर्माण थालिएको उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बताए । उनले नमुना योग्य र आधुनिक बनाउने गरि ब्यवसायी र उपमहानगरले लगानी गर्ने वताए । तुलसीपुरमा निर्माण गर्न लागिएको अटो भिलेज पुर्ण रुपमा सम्पन्न गर्न ८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उपमहानगरका इन्जिनियर पवनकुमार योगीले जानकारी दिए । ३ विगाह क्षेत्र फलमा रहेको तुलसीपुर उपमहानगरपालिका वार्ड नं ६ र ९ मा रहेका पातुखोलाको जमिनमा पुर्वाधार निर्माण गर्न लागिएको जानकारी दिए । उनले अटो भिलेज भित्र, ग्रिन बेल्ड, भ्युटावर, पर्यटकीय संरचना र पुर्वाधार तथा नदीतटीय क्षेत्रको संरक्षण ब्यवसायीक भवन निर्माण गरिने छ । योगीले पुर्वाधार निमार्णमा ५ करोड र जग्गा संरक्षणको लागि ३ करोड खर्च हुने स्टमेट तयार भएको बताए ।
आधुनिक र नमुना अटो भिलेज निमार्ण हुने भए पछि यहाँका अटो ब्यवसायीहरु पनि खुसी देखिएका छन । तुलसीपुर अटो ब्यवसायी समितिका अध्यक्ष टोप बहादुर महतराले अटो ब्यवसायलाई ब्यवस्थित गर्ने गरि आएको योजनाले ब्यवसायी खुसी भएको बताए । विगतमा ब्यवस्थित अटो भिलेज नहुदा व्यवसायीहरुले समस्या भोगि रहेको भन्दै अव ब्यवसायमा सहज हुने बताए । उनले आधुनिक अटो भिलेजले ब्यवसायी र सेवा ग्राहीलाई सहज हुने अपेक्षा गरे । तुलसीपुरमा ब्यवस्थित अटो भिलेज नहुदा ब्यवसायीहरुले बसपार्क छेउमा अटो पसलहरु सञ्चालन गर्दै आएका थिए । अब ब्यवसाय सञ्चालन गर्न सहज हुने महासचिव कमल गौतमले बताए ।
यसैबीच तुलसीपुरमा निर्माण गर्न लागिएको आधुनिक अटो भिलेजको शिलान्यास गरिएको छ । सोमवार एक कार्यक्रमको आयोजना गरि तुलसीपर ६ र ९ नं वडामा ८ करोडको लागनीमा निर्माण गर्न लागिएको अटो भिलेजको नगरप्रमुख घनश्याम पाण्डेले शिलान्यास गरेका छन । पाण्डेले शिलान्यास गर्दै पहिलो चरणमा २० लाख नगर र २० लाख ब्यवसायीको लगानीमा निमार्णको काम गर्न थालिएको उनले वताए । अटो भिलेनलाई नमुनाको रुपमा विकास गरेर शहरलाई सुन्दर सहर वनाउने गरि काम हुन लागेको वताए ।
तुलसीपुर अटो भिलेज ब्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर महतराको अध्यक्षतामा तथा नगर प्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु विरेन्द्र शाह, नवराज लामिछाने,घनश्याम ढकाल, कुमार लामिछाने, नेपाल अटो मेकानिकस महासंघका केन्द्रिय अध्यक्ष यम प्रसाद भुसाल सम्वाद समुहका सहजकर्ता सुशील बस्नेत लगायतकाले मन्तव्य राखेका थिए ।कार्यक्रममा स्वागत समितिका उपाध्यक्ष पदम पोख्रेल(जेठुकान्छु)ले गरेका थिए भने । कार्यक्रमको सञ्चालन महासचिव कमल गौतमले गरेका थिए ।
Stay Connected
Must Read