- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरबालश्रम अन्त्यमा चासो लिनुपर्छ

बालश्रम अन्त्यमा चासो लिनुपर्छ

- Advertisement -spot_img

दाङको तुलसीपुर उपमहानगरलाई बालमैत्री सहर बनाउनका लागि अहिले वडालाई बालश्रम मुक्त बनाउन थालिएको छ । वडा नम्बर ६ उपमहानगरको पहिलो बालश्रममुक्त वडा घोषणा हुन लागेको छ । भदौ २८ गते बालश्रममुक्त वडा घोषणा गर्न लागिएको हो । वडालाई बालश्रममुक्त बनाउनका लागि तयारी अन्तिम चरणमा समेत पुगेको छ । बालश्रममुक्त वडा घोषणाको अन्तिम चरणमा पुगिरहँदा वडाले गरेका प्रयास, देखिएका चुनौति र आगामी योजना के छन् ? लगायतका विषयमा वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछानेसँग प्रदेश टुडेकर्मी जीतसागर जी.एम.ले गरेको कुराकानीको सारसंक्षेप । – सम्पादक


  • वडालाई बालश्रममुक्त गर्दै हुनुुहन्छ हैन ?

हो बालश्रममुक्तका लागि तयारी अन्तिम चरणमा पुगेको छ । वडामा बालश्रम छैनन् भन्नका लागि हामीले अहिले माइकिङ गर्ने काम गरिरहेका छौँ । वडा नम्बर ६ बजारमा क्षेत्र बढी भएको वडा भएका कारण बालश्रम कहिँ कतै अझैपनि हुनसक्छ भनेर फेरी अन्तिम चरणमा वडामा भएका टोल विकास संस्थासँगको समन्वयलाई अझै बलियो बनाएका छौँ । वडामा भएका ७० वटा टोल विकास संस्थासँगको समन्वयमा बालश्रमको अन्त्य हुन लागेको हो । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री उपमहानगरपालिका बनाउनका लागि बालश्रममुक्त वडा घोषणा हुन लागेको हो र अन्तिम चरणमा छौँ ।

  • के–के सूचकहरु पूरा भए ?
    वडामा बालश्रम छैनन् भनेर भन्नका लागि वडामा कुनैपनि बालबालिका श्रममा लागेको हुनुभएन् । कुनैपनि बालबालिका यो वा त्यो बहानामा काममा नलागेको हुनुपर्ने र बालबालिका अभिभावकको संरक्षणमा भई उसको बालअधिकारको ग्यारेण्टी हुनुप¥यो । हाम्रो वडामा पनि बालश्रम अन्त्य भइसकेको अवस्था छ, त्यसैको फलस्वरुप भदौ २८ गते नै हामी उपमहानगरको पहिलो वडाका रुपमा वडा नम्बर ६ लाई बालश्रममुक्त वडा घोषणा गर्न लागेका हौँ । वडा मा १३ जना बालश्रमिक भेटिएकोले अहिले पुनस्र्थापनको चरणमा छौँ ।
  • बालश्रमिक अभिभावक वा संरक्षकको जिम्मा लगाई सक्नुभयो ?
    वडामा भएका ४ हजार ७० बालबालिकामध्ये १३ जना बालश्रमिक थिए तर अहिले ति बालबालिकालाई अभिभावक तथा संरक्षकको जिम्मा लगाउनका लागि तयारी अन्तिम चरणमा पु¥याएका छौँ । वडा सरकार हामी र सम्बन्धित अभिभावक वा संरक्षकबीच सम्झौता हुने अन्तिम चरणमा पुगेको छ । सम्भवत आजै नै यो सम्झौता हुने अन्तिम चरणमा छ ।

समाजमा व्यवहार परिवर्तन गर्ने कुराहरु संस्कारका कुराहरु, हिजो गर्दै आएका कुराहरु परिवर्तन गर्न त जटिल छ नै तर पनि हिजोको जस्तो जटिल अवस्था भने छैन् भन्ने नै हो । अभिभावकहरु आफ्ना बालबालिकाको पालनपोषण र अन्य विभिन्न क्रियाकलापमा दायित्वबोध गर्दै जानुभएको छ ।


  • बालबालिका श्रममा फेरि फर्किदैनन् भन्ने आधार के छ ?
    हो एकदम, आर्थिकरुपले विपन्न बालबालिका नै श्रममा थिए भन्ने हामीलाई नै लागेको छ । वडालाई बालश्रममुक्त घोषणा गर्दै गर्दा ति बालबालिका भोलिका दिन फेरि पहिले कै अवस्थामा फर्किने अवस्था त आउँदैनन् भनेर नै हामीले उनीहरुलाई आयआर्जनसँग जोड्ने रकमसमेत दिने तयारी गरेका छौँ । बालबालिकाका अभिभावकलाई आर्थिक उपार्जनसँग जोड्न हामीले प्रति बालबालिकाका अभिभावक, संरक्षकलाई आयआर्जनसँग जोड्ने गरी १५ हजारका दरले रकम वितरणसमेत गर्ने निर्णय गरिसकेका छौँ । यिनै कारणले वडामा अहिले हैन् अब कहिल्यै बालश्रम तपाई पाउनुहुन्न भन्नेमा हामी विश्वस्त छौँ ।
  • बालश्रमुक्त वडा बनाउँदै गर्दा चुनौति के देख्नुभयो ?
    हैन्, समाजमा व्यवहार परिवर्तन गर्ने कुराहरु संस्कारका कुराहरु, हिजो गर्दै आएका कुराहरु परिवर्तन गर्न त जटिल छ नै तर पनि हिजोको जस्तो जटिल अवस्था भने छैन् भन्ने नै हो । अभिभावकहरु आफ्ना बालबालिकाको पालनपोषण र अन्य विभिन्न क्रियाकलापमा दायित्वबोध गर्दै जानुभएको छ । तर केहि सीमित अभिभावक आर्थिक समस्यामा झेलिनुभएको छ, केही अभिभावकमा पारिवारिक बेमेल हुने गरेको छ, ति कारणले नै आज बालबालिका श्रममा लाग्न बाध्य छन् ।

काम गर्दा चुनौति हुन्छन् तर चुनौतिका बीचमा पनि सफल कसरी हुने भन्ने कुरा नै आकर्षण बन्छ । त्यसैले समय केही लाग्छ, व्यवस्थापन गर्न र व्यवहार परिवर्तन गर्न, ठ्याक्कै चुनौति चाहिँ होइन् है किन होइन भन्नुहुन्छ भने कानूनले दिएको कुरामा हामी सबै बाँधिनुपर्छ, कानूनभन्दा ठूलो कोहि छैन् अभिभावकमा चेतना बढ्ला, बढ्दै गएको पनि छ । त्यसकारण हामीले वडालाई बालश्रममुक्त बनाउनलाई चुनौति देखेको छैन् । केही चुनौती होलान् तर हामीले यसलाई सहजरुपमा व्यवस्थापन गर्दै कामहरु अघि बढाएका छौँ ।

काम गर्दा चुनौति हुन्छन् तर चुनौतिका बीचमा पनि सफल कसरी हुने भन्ने कुरा नै आकर्षण बन्छ । त्यसैले समय केही लाग्छ, व्यवस्थापन गर्न र व्यवहार परिवर्तन गर्न, ठ्याक्कै चुनौति चाहिँ होइन् है किन होइन भन्नुहुन्छ भने कानूनले दिएको कुरामा हामी सबै बाँधिनुपर्छ, कानूनभन्दा ठूलो कोहि छैन् अभिभावकमा चेतना बढ्ला, बढ्दै गएको पनि छ ।


  • अभिभावकविहीन टुहुरा बालबालिकालाई संरक्षणको जिम्मा लिनुहुन्छ कि नै ?
    यस्तो हो, एकैचोटी राज्यले लिने भन्ने कुरा हुँदैन् तर राज्य पनि अभिभावक हो, हामीले ति बालबालिकाको संरक्षण गछौँ । जन्मदिने बाबुआमाले छोराछोरीलाई पालनपोषण गर्ने जिम्मेवारी गहन विषय हो यो अरु भनिरहनुपर्दैन् । कुरा रह्यो अभिभावकबिहीन बालबालिका जो टुहुरा छन् जसको अभिभावकहरु छैनन् उनीहरुलाई के गर्नुहुन्छ ? अर्थात् उनीहरुको संरक्षण वडा सरकारले गर्छकी गर्दैन भन्ने तपाईको प्रश्नमा जान्छु  । हामीले सकेसम्म अभिभवाकको खोजी गर्ने भरपुर प्रयास गर्छौ त्यति नभए उनीहरुका आफन्त नातेदार खोज्ने प्रयास गर्छौ र कोहि पनि छैन् भने स्थानीय सरकार हामीेले त्यस्ता बालबालिकालाई संरक्षण गछौँ । हामी पनि अभिभावक नै हौँ, हामीले दायित्वबोध गछौँ, ढुक्क हुनुुस् त्यो कुरामा ।
  • संरक्षणको दायरा पनि फराकिलो छ तपाईहरु ठ्याक्कै चाहिँ के गर्नुहुन्छ ?
    अब त्यो त हामीले कार्यक्रममार्फत भनि नै सकेका छौँ । बालबालिकाको पालपोषणसँगै बालबालिकालाई विद्यालय जाने वातावरणको निर्माण गछौँ । बालबालिका विद्यालय पोषाकदेखि बालअधिकार रक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण कुराहरु हामीले सहयोग गर्छौँ ।
  • अन्त्यमा केही ?
    म अन्त्यमा के भन्न चाहन्छु भने यो बालश्रममुक्त अभियानमा आवश्यक सम्पूर्ण सहयोग गर्ने सबैमा हार्दिक आभार प्रकट गर्न सर्वप्रथम त वडालाई हामी बालश्रममुक्त वडा घोषणाको अन्तिम संघारमा पु¥याउँदै गर्दा यो सब म एक्लैले गरेर भएको होइन् । सबैको प्रयासले नै यो सबचिज सम्भव भएको हो । अर्को के पनि मेरो आग्रह तपाई सबैलाई छ, १८ वर्षभन्दा कम उमेरका सबै बालबालिका हुन् । त्यसमा पनि १४ वर्ष मुनिका बालबालिका झनै बढी जोखिममा रहन्छन् । भोलिका कर्णधार आजका बालबालिकाको शिक्षादीक्षा तथा पालनपोषणमा अभिभावक सबैले दायित्वबोध गरौँ ।

सबै बालबालिका विद्यालयको पहुँचमा जानका लागि यहाँहरु जो–जसले पनि हाम्रो यो अभियानमा सहयोग पु¥याउनुस् । बालबालिकालाई असल शिक्षा र संस्कारमा जोडेर सभ्य समाजको निर्माण गरौँ । वडाका कुनैपनि ठाउँमा बालबालिका श्रममा लागेको छ भने हामीलाई खबर गरेर सामाजिक तपाई पनि आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नुहुनेछ भन्ने विश्वस्त छौँ । तपाई सबैको साथ र सहयोगले नै हाम्रो प्रयास सार्थक बन्ने छ भन्ने कुरा राख्दै मलाई यो कुराहरु राख्न दिने तपाईको मिडिया प्रदेश टुडे राष्ट्रिय दैनिकलाई पनि धेरै–धरै धन्यवाद दिन चाहन्छु । यो अभियानमा तपाई र हामी सँगसँगै छौँ धन्यवाद ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here