Friday, March 29, 2024
Homeफिचरदुई वर्षमा २ हजार २ सयको आत्महत्या

दुई वर्षमा २ हजार २ सयको आत्महत्या

- Advertisement -spot_img

विकराल आत्महत्या …
दाङ, १९ भदौ । आत्महत्याका घटना बढिरहेका छन् । दुई वर्षको अवधिका प्रदेश नम्बर ५ मा २ हजार भन्दा बढीले आत्महत्या गरेका छन् । जसमध्ये सबैभन्दा धेरैले झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क छ । आत्महत्या गर्नेहरुमा महिलाभन्दा पुरुष बढी छन् ।
प्रदेश नम्बर ५ का विभिन्न जिल्लाको तथ्याङ्क हेर्दा दुई आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा २ हजार २ सय १६ जनाले आत्महत्या गरेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४/७५ मा १ हजार ९४ जनाले आत्महत्या गरेका छन् भने आर्थिक वर्ष ०७५/७६ को एक वर्षको अवधिमा १ हजार १ सय १८ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्याको बढ्दै जानु कुलत तथा दुव्र्यसनी, घरायसी समस्या, लैङ्गीक हिंसा, बेरोजगारी र गरिवी प्रमुख कारण रहेको प्रदेश प्रहरी प्रवक्ता नवराज पोख्रेलले बताए ।
यसैगरी प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७४/७५ मा प्रदेश नम्बर ५ अन्तर्गत पर्ने दाङ, प्यूठान, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, रोल्पा, रुकुम, बाँके, बर्दिया गुल्मीलगायतका जिल्लाहरुमा ७ सय २० जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने ०७५/७६ मा ७ सय ५७ जना रहेका छन् ।
यसैगरी विष सेवनमार्फत ०७४/७५ मा ३ सय ४८ जनाले आत्महत्या गरको तथ्याङ्क रहेको छ भने ०७५/७६ मा २ सय ९८ जना रहेका छन् । त्यस्तै आर्थिक वर्ष ०७४/७५ आगो लगाई २ जना महिला, अन्य विविध कारणले ११ महिला र १३ जना पुरुषले आत्महत्या गरेको तथ्याङ्क प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आर्थिक वर्ष ०७५/७६ मा आगलागी ४ महिला १ पुरुष, गोली हानी पुरुष, अन्य विविध कारणबाट ३० महिला र २६ पुरुषले आत्महत्या गरेका छन् ।

रुपन्देहीमा धेरै

प्रदेश नम्बर ५ अन्तर्गतका जिल्लामध्ये रुपन्देही र दाङमा आत्महत्या गर्नेहरुको संख्या धेरै रहेको छ । आत्महत्या गर्नेहरुको संख्याको आधारमा रुपन्देही पहिलो र दाङ दोस्रो रहेको पाईएको छ । आर्थिक वर्ष ०७५/७६ मा रुपन्देहीमा मात्रै २ सय २७ जनाले आत्महत्या गर्दा दाङमा २ सय १२ जनाले आत्महत्या गरेका छन् ।
यस्तै कपिलवस्तुमा १ सय ३० जनाले आत्महत्या गरेका छन् भने पाल्पामा ९० जना, नवलपरासीमा ८६ जना र बर्दियामा ८३ जनाले आत्महत्या गरेको पाईएको छ । यसैगरी एक वर्षको अवधीमा प्यूठानमा ६८ जना, गुल्मीमा ५५ जना, बाँकेमा ५५ जना रोल्पामा ५७ जनाले आत्महत्या गरेका छन् ।
त्यसैगगरी अर्घाखाँचीमा ४५ जनाले आत्महत्या गरेका छन् भने पूर्व रुकुममा १० जना गरी गरेका छन् । विशेषगरी कुलतका कारण हुने घरायसी झैझगडा,
आर्थिक समस्या, पारिवारीक समस्याले गर्दा झुण्डिएर आत्महत्या गर्नेहरु दिनप्रतिदिन बढ्दै गएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयको भनाई छ । बढ्दो बेरोजगारी, गरिवी, सम्बन्ध विच्छेदलगायतका विविध कारणले मानिसहरुले आफ्नो ज्यान आफै गुमाउने प्रवृत्ति बढिरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here