बेपत्ताको सार्वजनिक गर

सम्पादकीय

नेपालमा चलेको सशस्त्र द्वन्द्वको समय र द्वन्द्व पछिको शान्तिप्रक्रियामा पनि धेरै नागरिकहरु बेपत्ता पारिएका छन् । राज्य पक्ष होस् या विद्रोही पक्ष दुबैले धेरै जनालाई बेपत्ता पारेको तथ्याङ्क अहिले पनि हरेक वर्ष सार्वजनिक गरिदै आएको छ । विभिन्न कारण देखाउादै विभिन्न स्थानबाट नियन्त्रणमा लिएर बेपत्ता बनाएको र लामो समयसम्ममा उनीहरुको यथार्थ अवस्था सार्वजनिक हुन नसकेको भन्दै पीडित परिवारहरुले आक्रोस ब्यक्त गरिरहेका छन् ।
२०५२ सालदेखि सुरु भएको सशस्त्र द्वन्द्वको दश वर्षे अवधिमा धेरैले ज्यान गुमाउनुप¥यो । धेरै अङ्गभङ्ग र घाइते भए । कयौा नागरिक बेपत्ता पारिएका छन् । द्वन्द्व व्यवस्थापन भएको १३ वर्ष बितिसकेको छ । तत्कालिन अवस्थाका द्वन्द्वको नेतृत्व गरेको पार्टी अहिले सरकारको नेतृत्वमा छ । त्यस अघिपछि पटक–पटक नेतृत्वमै रहदा पनि द्वन्द्वको समयमा बेपत्ता पारिएकाको अवस्था बारेमा चासो दिन नसकेको आरोप उनीहरुमा लागि रहन्छ । पीडित परिवारहरुले बेपत्ता सदस्यप्रति चासो नदिएको भन्दै सार्वजनिक स्थलमै आलोचना गर्दै खोजी गरी यथार्थता सार्वजनिक गर्न आग्रह हुादै आएको छ । राज्यले विभिन्न समयमा स्थापना गरेर विभिन्न आयोग र सरकारी संरचनाले पनि यिनीहरुको बास्तविकता सार्वजनिक गर्न सकेको छैन । बेपत्ता परिवारका सदस्यहरुले आफ्ना सदस्यहरुको खोजीमा सरकारले चासो नदिनु लापरबाही मात्रै नभई बेवास्ता गरिको आरोप लगाउँदै आएका छन् । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्थात् तत्कालीन नेकपा माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्वमा सहभागी भएको आरोपमा आफ्ना सदस्यहरु बेपत्ता भएको र राज्यलाई सहयोग गरेको आरोप लगाउादै माओवादीले पनि बेपत्ता पारेका थियो । राज्यले यसलाई जति सक्यो छिटो निराकरण गर्नुपर्छ । सशस्त्र द्वन्द्वका क्रममा दाङ जिल्लामा राज्य र विद्रोही पक्षबाट ६ सय दुईको हत्या भएको र १ सय १३, बेपत्ता, २ सय ९० अपहरणमा परेको तथ्याङ्क छ । यहि स्मरणमा हरेक वर्ष बेपत्ता दिवस मनाइन्छ । दिवसका नाममा परिवारलाई एक ठाउामा राखेर पीडिलाई पुनः सम्झाउने काम मात्रै भन्दा पनि उनीहरुको माग र पीडालाई कम गर्नेतर्फ राज्य लाग्नुपर्छ । निश्चित समयसम्म बेपत्ता भनिएको ब्यक्ति नफर्किए परिवारलाई राहत र सान्त्वनाको व्यवस्था गरिदिनुपर्छ । यसमा राज्य पनि गम्भीर हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *