Friday, April 19, 2024
Homeमुख्य खबर१७ लाख बढी संकलन

१७ लाख बढी संकलन

- Advertisement -spot_img

तुलसीपुर, १५ भदौ । मन्दिर तथा धर्मशाला निर्माणका लागि तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा शनिबारसम्म १७ बढी रकम संकलन भएको छ । महायज्ञमा शनिबार मात्रै २ लाख १५ हजार बढी रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक विनोदकुमार भण्डारीले जानकारी दिए ।
महायज्ञमा शनिबार गुरुप्रसाद योगीले २५ हजार ५ सय ५५, तुलसीपुर–९ का धनबहादुर वलीले २० हजार ७, तुलसीपुर–८ दुधेनामा रहेको शान्तिदिप बोर्डिङ स्कुलले ११ हजार १ सय १५, तुलसीपुर–९ का बलिराम खत्रीले ११ हजार १ सय ११, भूपबहादुर भण्डारीले ५ हजार १ सय ५५, प्रेमकुमार चौधरीले ५ हजार ५, जीतबहादुर केसीले ५ हजार ५१, जनजेतना टोल विकास संस्थाले ५ हजार ५ सय ५५, शिवज्योति टोल विकास संस्थाले ५ हजार १ सय सहयोग गरेको मूल आयोजक समितिले जनाएको छ ।
त्यसैगरी अमृतनगर टोल विकास संस्थाले ५ हजार ५, निर्मला केसीले ५ हजार १ सय ५५, टोपबहादुर विकले ५ हजार ५ सय ५, तेजबहादुर डाँगीले ५ हजार, तुलाराम केसीले ५ हजार १ सय ११ , सावित्रा भण्डारीले ५ हजार १ सय ५५, सगरमाथा बालबाटिका स्कुलले ५ हजार ५ सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक विनोदकुमार भण्डारीले जानकारी दिए ।
भद्रकाली मन्दिर र धर्मशाला निर्माणार्थ यही भदौ ७ देखि जारी महायज्ञको आज समापन हुँदैछ । हिन्दू धर्मको संरक्षण, सम्वद्र्धन गरी धार्मिक, साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला निर्माणको सहयोगार्थ महायज्ञ सञ्चालन गरिएको अधिकारीले जानकारी दिए । महायज्ञको कथा वाचकमा पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिना रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here