Wednesday, March 27, 2024
Homeमुख्य खबर१५ वनमा वैज्ञानिक व्यवस्थापन

१५ वनमा वैज्ञानिक व्यवस्थापन

- Advertisement -spot_img

देउखुरी, ३० जेठ । देउखुरी उपत्यकाका बिभिन्न १५ वटा सामुदायिक वनहरुमा वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएको छ ।
चालु आर्थिक बर्ष २०७६÷७७ मा १७ वटा सामुदायिक वनहरुमा वैज्ञानिक
वन व्यवस्थापनको स्वीकृति प्राप्त भएपनि बिभिन्न १५ वटा सामुदायिक वनहरुमा वन व्यवस्थापनको काम शुरु भएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख शंकर प्रसाद गुप्ताले जानकारी दिएका छन् ।
वैज्ञानिक वन व्यवस्थापनले वनमा साना, वयस्क, मझौला र बुढा गरि सबै खाले रुखहरु हुने र वनको आपूर्ति रित्तो नहुने हिसाबले गरिने व्यवस्थापन भएकोले यसले वनलाई सधै राम्रो बनाउने प्रमुख गुप्ताले बताए ।
डिभिजन वन कार्यालय देउखुरी दाङले डिभिजन कार्यालय देउखुरी स्थापना भएपछि पहिलोपटक बुधबार गरेको कार्य प्रगतिको बारेमा पत्रकारहरुसँगको सहभागितामूलक अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
कार्यक्रम अन्तर्गत गढवामा हाईटेक नर्सरी स्थापना गरि २ लाख ३० हजार विभिन्न जातका बिरुवाहरुको नर्सरी तयार गरिएको छ, भने बरामद भएका काठहरुलाई सुरक्षित राख्न गढवामा काठगोदाम घर निर्माण गरिएको छ ।
त्यसैगरि अग्नी नियन्त्रण सामग्री खरिद, वन ढडेलो नियन्त्रणका पोखरी निर्माण तथा जडिबुटी खेति विस्तारका लागी जडिबुटी र्नसरी तयार गरिएको जानकारी गराईएको छ ।
त्यसैगरि डिभिजन वन कार्यालय देउखुरीमा खुलेपछि गैर कानुनीरुपमा हुने काठको चोरी तस्करी नियन्त्रणमा आएको छ भने स्रोत नखुलेका १५ सय बढि क्युफिट काठ बन कार्यालयले आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।
बन कार्यालयले सालको प्रति क्युफिट काठको दररेटलाई पनि पुनरावलोकन गरेको छ । पुरानो दररेट १२८८ बाट बढाएर १६ सय ७२ कायम गरिएको छ । कार्यालयले आन्तरिक खपतको नाममा हुने काठको दुररुपयोगलाई रोक्न सफल भएको डिभिजन बन कार्यालय देउखुरीका सूचना अधिकृत प्रेमिलाल प्रसाद शाहले जानकारी दिए ।
बन क्षेत्रमा हुने चोरी शिकारी नियन्त्रण गर्न गाडी सहित गस्तीको व्यवस्था गरिएको छ । कार्यालयले पोखरी, तारजाली, लगाउनेदेखि धार्मिक वन क्षेत्रर मन्दिर जिर्णाेद्वारको लागी समेत सहयोग गर्दे आएको जनाएको छ ।
वन कार्यालय र पत्रकारहरु बीचको स्थलगत अवलोकनका क्रममा सव डिभिजन वन कार्यालय गढवा, त्रिशक्ती सामुदायिक वन राजपुर १ प्रतापपुर, शिब सामुदायिक वन,
सूर्य सामुदायिक वन, लालमटियाको रामजहदी सामुदायिक र जखेराताल धार्मिक वनको अवलोकन गरिएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरीका प्रमुख शंकरप्रसाद गुप्ताले वनलाई आधुनिकीकरण गर्न र व्यवस्थापन गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here