Saturday, March 23, 2024
Homeफिचर१४४ को र्‍यापिड टेष्ट नेगेटिभ

१४४ को र्‍यापिड टेष्ट नेगेटिभ

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १० बैशाख ।

पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा मंगलबार विदेशबाट आएका १ सय ४४ जनाको र्‍यापिड डाइगोनिस्टिक परिक्षण गरिएको छ । जसमा सबैको नेगेटिभ रिपोर्ट आएको छ । बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा भारत तथा विदेशबाट आएका नागरिकको प्रभाकर मावि देवस्थलमा रहेको क्वारेन्टाइनमा र्‍यापिट टेष्ट गरिएको हो ।

र्‍यापिड टेष्टमा बनगाड कुपिण्डे नगरपालिका ३ बालबालिका, १ सय २९ जना विदेश तथा भारतबाट आएका र बाँकी छिमेकी जिल्ला सुर्खेत सिम्ता गाउँपालिका १२ सहित १ सय ४४ जनाको र्‍यापिड टेष्ट गरिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि यसको निदान र उपचार विधि आरडिटी स्क्रिनिङ विधि अवलम्बन गरि कोरोना भाइरसको लागि अहिले सल्यान जिल्लालगायत देशको सबै ठाउँमा भैरहेको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यान मेडिकल अफिसर डाक्टर भिमकान्त जैसी, ल्याव टेक्निसियन अधिकृत भिम रोकाय, ल्याव असिष्टेन्ट नवीन ओलि, नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेललगायतको चिकित्सकको टोलीले र्‍यापिड परिक्षण गरिरहेको छ । यस नगरपालिकामा जम्मा १ सय ६२ जना विदेशबाट आएको भने पनि १ सय ३२ जनाले मात्र र्‍यापिड टेष्ट गराएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here