Sunday, April 14, 2024
Homeफिचरहोसियार ! सर्पले डस्ला ...

होसियार ! सर्पले डस्ला …

- Advertisement -spot_img

दाङ
हिजोआज दाङको तापक्रम दिनानुदिन बढ्दोक्रममा छ । गर्मी बढेसँगै जमिनभित्र बसेका सर्पहरु पानी हुने ठाउँ खोला, जरुवा र पोखरीमा बस्ने गर्छन् भने आहारको लागि जमिन बाहिर निस्कने गर्छन् । कुनै सर्पहरु सधैभरी पानीमै रहने खालका हुन्छन् भने कुनै जमिनमुनि बसेर त्यही भएका प्राणीहरुको आहार गर्ने गर्दछन् ।
जाडो समयमा सर्पहरु कुनै न्यानो ठाँउमा हलचल नगरी केही नखाई बस्ने गर्छन् । तर बढ्दो गर्मीका कारणले सर्पहरु सितलता र आहारको लागि जमिन बाहिर निस्केर घरेलु जनावर तथा मानिसहरुलाई डस्ने गर्दछन् । कुनै सर्पमा विष हुँदैन भने कुनै सर्पले मानिसको ज्यानसमेत लिने गरेका छन् । जमिन बाहिर निस्केका सर्पलाई देखेपछि जिस्काउने र चलाउने गर्नुहुँदैन् । प्रायजसो साँझ परेपछि आहार (मुसा, भ्यागुता र किरा फट्यांग्रा) को खोजीमा खेतबारी, बालबच्चाहरु खेल्ने ठाउँ र मानिसको घरसम्म पुग्ने गर्छन् । बिशेष त स्थानीयस्तरमा पाइने करेत सर्प मानिसको घरमा समेत पस्ने गर्छ । घरभित्र पसेको सर्पलाई निदाएको व्यक्तिले हातखुट्टाले चलाउँदा वा धक्का लागेमा सर्पले आफ्नो बचाउको लागि डस्ने गर्छ । सर्पको आहार मानिस भने होइनन् । मानिससँग सर्प डराउँछ पनि । सर्पले मानिसलाई देख्ने बित्तिकै टोक्दैन । मानिसहरु सर्पलाई देख्ने वित्तिकै मार्न खोज्छन् त्यसपछि मात्रै सर्पले आफ्नो बचाउको लागि मानिसलाई नै डस्ने गर्छन् ।
सर्पले डसेको भन्दै राप्ती उपक्षेत्रीय अस्पतालमा समेत बिरामीहरु आउन थालेका छन् । गर्मी बढेसँगै अस्पतालमा सर्पले डसेका बिरामीहरु आउन थालेको अस्पतालका सूचना अधिकारी मारुफ खाँले बताए । सर्पले डसेका मात्रै होइन सर्पले डसेको शंका लागेकोहरु पनि जाँच गराउन आउने गरेको उनले बताए । राप्ती उपक्षेत्रीय अस्पतालमा सर्पले डसेको बिरामीलाई आवश्यक पर्ने एन्टीस्नेक भ्यानम औषधी पर्याप्त मात्रामा छ ।

जाडो समयमा सर्पहरु कुनै न्यानो ठाँउमा हलचल नगरी केही नखाई बस्ने गर्छन् । तर बढ्दो गर्मीका कारणले सर्पहरु सितलता र आहारको लागि जमिन बाहिर निस्केर घरेलु जनावर तथा मानिसहरुलाई डस्ने गर्दछन् । कुनै सर्पमा विष हुँदैन भने कुनै सर्पले मानिसको ज्यानसमेत लिने गरेका छन् । जमिन बाहिर निस्केका सर्पलाई देखेपछि जिस्काउने र चलाउने गर्नुहुँदैन् ।


सर्पले डसेका बिरामीहरुको लागि राप्ती उपक्षेत्रीय अस्पतालमा १ सय ५० एन्टीस्नेक भ्यानम स्टकमा छ । अस्पतालमा रहेको त्यो औषधी १० जना सर्पले डसेका बिरामीहरुलाई सम्म पुग्छ । राप्ती उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीका अनुुसार सर्पले डसेको एकजना बिरामीको लागि १० देखि २५ एन्टी भाइल आवश्यक पर्छ । ‘अस्पतालमा सर्प डसेका बिरामीहरु फाटफुट रुपमा आउने गर्छन्’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेनट डा पन्थीले भने ‘फाटफुटमा आउने सर्पले डसेका बिरामीहरुलाई पुग्छ ।’ विगत वर्षको अनुभवमा जिल्लामा ४ सय देखि ५ सयसम्मको एन्टी भेनम आवश्यक पर्ने गरेको उनले बताए ।
सर्पले डसेका बिरामहीलाई नआत्तिन निमित्त मेडिकल सुपरीटेन्डेन्ट पन्थीले सुझाव दिएका छन् । धेरैजसो सर्पहरु विषालु नभएपनि सावधानी हुनपर्ने उनले बताए । सपले डसेको छ भने सर्पलाई मार्नतर्फ नलागेर बिरामीलाई प्राथमिक उपचार दिने र जतिसक्दो चाडो अस्पतालमा पु¥याउनुपर्ने उनले बताए । डा पन्थीको अनुसार सर्पले डसेको ठाउँमा नचलाउने र बिरामीको उपचार नगर्दासम्मको प्रेसर व्यान्डेज नहटाउने । सर्पले डसेको भागमा चलाएमा शरीरको अन्य भागम विष चाडै पस्ने उनको भनाइ छ । सर्पले डसेको भागभन्दा माथि बाँध्नु हुँदैन यसो गरेमा रक्तसञ्चार रोकिएर तन्तुहरु मर्न सक्छ् र अंगभंग हुनसक्छ’ डा पन्थीले भने । सर्पले डसेको छ भने मुखले चुस्ने वो विष तान्नेजस्ता कार्य नगर्न उनको सुझाव छ ।

सर्पले डसेको मानिसमा दुईवटा फ्याँको चिन्ह देखिने गरेको राप्ती उपक्षेत्रीय अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत अहेव रमिता गौतमले बताइन् । त्यसैगरी सर्पले डसेको ठाउँमा सुनिनु, दुख्नु, रगत बग्न सक्ने, फोका आउने, टोकेको क्षेत्रको लिम्फनोङ बढ्न सक्नेलगायतका सर्पले डसेपछि यस्तो संकेत देखिने गरेको उनले बताइन् ।
सर्पले डसेको व्यक्तिमा चक्कर लाग्ने तथा बान्ता आउने, अल्छी लाग्ने, पेट दुख्ने, सम्पूर्ण शरीर दुख्ने, तनाव सिर्जना हुने, बिरामी निदाउने रक्तचाप कम हुने र नाडीको चाल बढ्ने लक्षणहरु देखिने गरेको उनको भनाइ छ । सर्पले डसेको कुनै व्यक्तिहरुमा ढिलो लक्षण पनि देखिने गरेको गौतमले बताइन् । त्यस्ता लक्षण देखिएका बिरामीहरु तुरुन्त अस्पताल आउन उनको सुझाव छ । सर्पहरु प्रायः रातमा निस्कने हुँदा टर्च, लाल्टिनको उज्यालो बनाएर, खुट्टामा जुत्ता र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर हिडडुल गरेमा सर्पको डसाईबाट बच्न सकिन्छ ।
त्यसैगरी घरवरपरको झार, जंगलहरु हटाउने र दुलाहरु पुर्नुपर्ने, परालको थुप्रो, दाउराको थुप्रो वा ईट्टाका कुनाकाप्चामा र प्वाल चलाउनु परेमा लामो लठ्ठीको सहयोग लिनुपर्ने, सर्प मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, सुत्दा झुलको प्रयोग गर्ने, सर्पको बढी प्रकोप भएको ठाउँमा एक्लै हिड्नु हुँदैन र ताल, तलाउ, पोखरीहरुमा विषालु सर्प हुने भएकाले विशेष सावधानीहरु अपनाएमा सर्पको डसाईबाट बच्न सकिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here