Wednesday, April 10, 2024
Homeमुख्य खबरहेलो मेयरको अवस्था उस्तै

हेलो मेयरको अवस्था उस्तै

- Advertisement -spot_img

तुलसीपुर, ८ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो सेवालाई प्रभावकारी बनाउने भन्दै सञ्चालनमा ल्याएको ‘हेलो मेयर’ सेवाको अवस्था अहिले पनि उस्तै रहेको छ । हेलो मेयर कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै विभिन्न टिकाटिप्पणी सुरु हुँदासमेत प्रभावकारी कार्यको लागि उपमहानगरपालिकाले कुनै पहल गरेको देखिएको छैन । तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ६ बाहिनी चोक निवासी चेतन रेग्मीले करिब डेढ महिना अघि उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हेलो मेयर तुलसीपुर फेसबुक म्यासेजमा उनले तुलसीपुरको बाहिनी चोकदेखि पुष्पलाल चोकसम्म मुल सडकको पश्चिमतर्फको नाला विभिन्न ठाउँमा भाटिएको र जसले गर्दा नालाको पानी सडकमा आएर बेलाबेलामा हिलाम्मे हुने गरेको भन्दै यसको समाधानको लागि आग्रह गरेका थिए ।
रेग्मीको फेसबुक म्यासेजको प्रतिउत्तरमा हेलो मेयर फेसबुकबाट उनलाई तपाईले दिएको सूचनाका लागि धन्यवाद, सम्बन्धित शाखामा हामीले यसको जानकारी गराएर समस्या समाधानको लागि पहल गर्नेछाँै भनेर समेत जानकारी गराईयो । तर उक्त जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिकाले तत्काल समस्या समाधानको लागि कुनै पहलसमेत गरेन । बर्षौदेखि समस्या झेल्दै आएका नागरिकको गुनासोसमेत समाधान भएन बरु अस्तव्यस्त नालीका कारण स्थानीय नागरिकले विभिन्न समस्या झेल्नु प¥यो । यस विषयमा स्थानीय नागरिकहरुले हेलो मेयरमा गुनासो राख्दा समस्या समाधान हुन्छ कि भन्ने आशा पनि निराशामा परिणत भयो, बरु उल्टो लगातार ढलको कारण विभिन्नखाले समस्याहरु झेल्नु प¥यो । तर पनि तुलसीपुर उपमहानगरपालिकाले यो विषयमा कुनै चासोसमेत अहिलेसम्म आएर देखाएन । तुलसीपुर उपमहानगरपालिकाले कुनै चासो नदेखाएपछि अहिले आएर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले यसको मर्मत, सम्भार गर्ने कार्यको सुरुवात गरेको छ ।
यही समस्यालाई लिएर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दुजमान भण्डारीले आफ्नो फेसबुक वालमा एक महिना अघि जानकारी गराएको कुरालाई कुनै चासो भएनछ ? हेलो मेयर शाखाले कुन शाखालाई जानकारी गरायो ? त्यो शाखाले एक महिनासम्म किन काम गरेन, जनता जान्न चाहन्छन् ? जब बाटौमै ढल बगेको देखियो अनि लागियो आफै भन्दै उपमहानगरपालिकासँग गुनासो झल्कने गरी फेसबुक वालमा आफ्नो स्टाटससमेत लेख्न भ्याएका छन् ।

जनताको गुनासो समस्या समाधानका लागि सञ्चालन गरिएको हेलो मेयर कार्यक्रमले महिनौ दिनसम्म जनताको गुनासो समाधान गर्नतर्फ ध्यान नदिदा यसले तुलसीपुरलाई स्मार्ट सिटी बनाउने योजनाको समेत खिल्ली उडाएको छ ।


उनका अनुसार स्थानीयले हेलो मेयरमा यो समस्याको बारेमा जानकारी गराउँदा पनि समस्या समाधानको लागि कुनै पहल नगरेपछि उक्त क्षेत्रमा रहेको नालाको मर्मत, सम्भारको लागि वडा कार्यालयले आफै कामको सुरुवात गरेको बताए । जनताको गुनासो समस्या समाधानका लागि सञ्चालन गरिएको हेलो मेयर कार्यक्रमले महिनौ दिनसम्म जनताको गुनासो समाधान गर्नतर्फ ध्यान नदिदा यसले तुलसीपुरलाई स्मार्ट सिटी बनाउने योजनाको समेत खिल्ली उडाएको भण्डारीको बुझाइ रहेको छ ।
तत्कालीन समयमा उपमहानगरपालिकाले नगरको कार्य सम्पादनलाई प्रभावकारी बनाउन तथा जनताप्रति उत्तरदायी र जवाफदेही हुनका लागि हेलो मेयर टोलफ्री नम्बरसँगै हेलो मेयर सेवा सञ्चालन गरेको थियो । उपमहानगरपालिकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन ‘हेलो मेयर’ सेवा सुरु गरेपछि नगरको कार्य सम्पादन प्रभावकारी तथा जनताप्रति उत्तरदायी र जवाफदेही हुनका लागि प्रभावकारी हुने बताएको तुलसीपुर उपमहानगरपालिकाले जनताले समस्या समाधानको लागि महिनौ दिन बित्दा पनि कुनै पहल नगरेकोमा आफूहरु अचम्मित भएको स्थानीय चेतन रेग्मीको भनाई रहेको छ । रेग्मीले भने जनताको गुनासो समाधानको लागि कुनै पहल हुँदैन भने तामझामका साथ सञ्चालनमा ल्याईएको हेलो मेयर कार्यक्रमको पनि कुनै काम नभएको उनले वताए । उपमहानगरपालिकाले हेलो मेयर टोलफ्री नम्बरसँगै हेलो मेयर तुलसीपुर फेसबुक, ट्वीटर, र जिमेल पनि सुरु गरेको छ । यो सेवाले जनताका आपतकालीन सेवा र नगरका विभिन्न गतिविधिहरुको समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा राखिएको बताईए पनि यसको प्रभावकारिता नदेखेपछि स्थानीय नगरबासीले यसबारे प्रश्न चिन्ह समेत उठाउन थालेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here