Wednesday, March 27, 2024
Homeमुख्य खबरहावाहुरीबाट मृत्यु भएका २५ को सनाखत

हावाहुरीबाट मृत्यु भएका २५ को सनाखत

- Advertisement -spot_img

दाङ, १९ चैत । बारा र पर्सामा आइतबार राति आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सूचि अनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष, १० महिला र ५ जना बालबालिका छन् ।
गृहका अनुसार मृतक २७मध्ये २५ जनाको सनाखत भएको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ । सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची गृहले सोमबार दिउँसो सार्वजनिक गरेको हो । मृतकमध्ये २६ जना बारा र एकजना पर्साका रहेका छन् ।
बाराको ठेटा गाउँपालिका–३ पूर्णिया गाउँका एकै परिवारको चारनाको मृत्यु भएको छ । घरमा सुतिरहेका मिना खातुन, सकिमा खातुन, रुख्सार खातुन र सम्सीदा खातुनको मृत्यु भएको हो । त्यस्तै बारा र पर्साका सातवटा सरकारी तथा निजी स्वास्थ्य संस्थामा करिब ४ सय जना घाइतेहरुको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । साथै सातजनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार भैरहेको छ ।
बाराका ६ र पर्साको एक गाउँका ४ हजारभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आँधी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । प्रधानमन्त्रीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिए ।

प्रदेश सरकारको तीन लाख

यसैबीच प्रदेश नम्बर २ को सरकारले आइतबार राति आएको हावाहुरीमा परी मृत्यु हुने प्रत्येकको परिवारलाई तत्कालिन राहतस्वरुप तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश नम्बर २ सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मृतकका परिवारलाई तत्कालिन राहतस्वरुप तीन लाख रुपैयाँ उपलब्ध गराउने र घाइते सबैको उपचार तथा पुनर्वासको खर्च पनि सरकारले नै व्यहोर्ने जानकारी दिए । मुख्यमन्त्री राउतले विपदमा परेका बेला सहयोग गर्न संघीय सरकार, स्थानीय सरकार, दातृ निकाय, सुरक्षा बल सबैलाई आग्रहसमेत गरे ।

पीडितलाई सांसदको तलब

यसैबीच हावाहुरीबाट प्रभावित परिवारको राहतका लागि नेपाल कम्युनिष्ट पार्टीका सांसदले एक दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । नेकपा सदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सबै सांसदको एकदिनको तलब राहत कोषमा जम्मा गरिने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिएका छन् ।
संघीय संसदअन्तर्गत प्रतिनिधि सभामा नेकपाका १ सय ७० जना सांसद रहेका छन् भने राष्ट्रिय सभामा ३७ जनाले प्रतिनिधित्व गर्छन् । सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ तलब पाउँछन् । यस अनुसार एकजना सांसदले एक दिन बराबर १ हजार ८ सय ४० रुपैयाँ पाउँछन् । त्यस्तै नेपाली काँग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले दुईदिनको तलब हावाहुरी प्रभावितलाई राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here