Thursday, April 18, 2024
Homeमुख्य खबरहाम्रो पहुँचका विद्यार्थी पुगे समुदायमा

हाम्रो पहुँचका विद्यार्थी पुगे समुदायमा

- Advertisement -spot_img

तुलसीपुर, २४ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलका कक्षा ९ र १० विद्यार्थीले जनसंख्या वृद्धि र व्यवस्थापनका विषयमा समुदायमा पुगेर अध्ययन एवं अन्तरक्रिया गरेका छन् ।
ब्रिटिस काउन्सिलको एक्सन प्लान अनुसार आफ्नो परियोजना नम्बर ७ अन्तर्गत विद्यार्थीले आइतबार समुदायमा पुगेर अध्ययन एवं अन्तरक्रिया गरेका हुन् ।
बढ्दो जनसंख्याका वृद्धिका असर र यसलाई व्यवस्थापन गर्ने विषयमा समुदायका विभिन्न व्यक्तिसँग पुगेर विद्यार्थीले अन्तरक्रिया गरेको विद्यालयका कल्याणकारिणी अधिकृत तिलक कालाथोकीले बताए ।
‘कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले जनसंख्या वृद्धि र व्यवस्थापनमा विषयमा विभिन्न समयमा अन्तरक्रिया गरिरहेका छन्’ उनले भने–‘जनसंख्या व्यवस्थापनका लागि विद्यार्थीले समुदायमा शिक्षा आदानप्रदान गरेका हुन् ।’
विद्यार्थीले झुमरेका विभिन्न बस्तीमा पुगेर बढ्दो जनसंख्या बृद्धिलाई व्यवस्थापन गर्ने विषयमा स्थानीयसँग छलफल एवं अन्तरक्रिया गरेका हु्न् । चार समूहमा विभाजित भएका विद्यार्थीले स्थानीय समुदायका गंगाराम शर्मा,
रेखा शर्मा, अधिवक्ता उत्तम भण्डारी, विष्णु भण्डारी लगायतका व्यक्तिसँग भेट गरेर जनसंख्या व्यवस्थापनका विषयमा अन्तरक्रिया गरेका छन् । स्थानीय नागरिकसँगको भेट एवं अन्तरक्रियामा विद्यार्थीले बढ्दो जनसंख्या वृद्धिलाई न्यूनीकरण गर्ने उपायका बारेमा जानकारी आदान प्रदान गरेका हुन् ।
विद्यार्थी मनिषा विक, कौशल पौडेलको नेतृत्वमा गएको विद्यार्थीको समूहले स्थानीय नागरिकसँग जनसंख्या व्यवस्थापनका विषयमा छलफल गरेको विद्यालयका प्रिन्सिपल डिआर भण्डारीले जानकारी दिए ।
विद्यालयमा केही समय अघिदेखि कक्षा ९ र १० विद्यार्थीले जनसंख्या वृद्धि र व्यवस्थापनका विषयमा विभिन्न सरोकारवाला निकायका व्यक्तिसँग अन्तरक्रिया र भेटघाट गरिरहेको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here