Thursday, April 18, 2024
Homeसम्पादकीयहाम्रो उपस्थिति

हाम्रो उपस्थिति

- Advertisement -spot_img

देश संघीय संरचनामा गएको छ । संघीय गणतन्त्रको कार्यान्वयन संगै हरेक क्षेत्रमा देशले संघीयताको अभ्यास सुरु गरेको छ । यसलाई संस्थागत गरेर समृद्ध राष्ट्र निर्माण गर्नु महत्वपुर्ण पक्ष रहेको छ । यो पक्षलाई सबै क्षेत्रबाट आत्मा साथ गर्नु अपरिहार्य छ । गणतन्त्र सम्म पुग्दा यहाँ सबै क्षेत्रले आफनै भुमिका कायम हुदै आएको छ । कति देखि त कति नदेखिने गरि यी सबै आधारलाई संस्थागत गर्न बढि भुमिका मिडिया क्षेत्रको रहेको हुन्छ । हाम्रो उपस्थिति पनि यसकै लागि हो । पत्रकारिताको विश्वव्यापी मान्यतालाई आत्मसाथ गर्दै अघि वढ्नु हाम्रो धर्म हो भने शान्ति र लोकतन्त्रको रक्षा हाम्रो प्रमुख लक्ष्य हो ।
यो युग सञ्चारको युग हो । यतिबेला मिडियाको भीड बढिरहेको छ । एक अर्का बिच कडा प्रतिस्पर्धामा एउटै उद्देश्य र विषय बस्तुमा सञ्चार संस्थाहरु रहेका छन । यहि भीडमा हामीले पनि एउटा सञ्चार संस्था थपेका छौ । समान उद्देश्यले अगाडि वढिरहेको पत्रकारितामा हामी फरक विचार, फरक लक्ष फरक उद्देश्य र फरक धारणा लिएर एउटा शिशुको न्वारण गरेका छौ । यो भीडमा पत्रकारिताको नयाँ आयाम दिने लोकतान्त्रिक गणतन्त्रको रक्षागर्ने हामो्र लक्ष हो । हाम्रो उद्देश्य समाज रुपान्तरणगरि समृद्ध समाज निर्माण गर्ने हो । यहि अनुरुप हामीले यसको जन्म दिने निर्णय गरेका हौ । छापामा प्रदेश टुडे दैनिक र प्रविधिको माग अनुसार वेव न्युज पोर्टल धधध।भउचबमभकजतयमबथ।अयm एकै साथ सञ्चालनमा ल्याएका छौ । दुबै प्रकासन संगै हामी हामा्रे कलमलाई निश्पक्ष, तटस्थ, बनाउँदै पाठकलाई नविनतम र निरन्तर खुराख दिने प्रयास गर्नेछौ । निकट भविश्यमा सञ्चार माध्यमहरुको उपस्थिति बढाउने सोच निर्णयको चरणमै छ । हाम्रो जमाज प्रतिको उत्तरदायि पत्रकारितामा आर्थिक सामाजिक, सास्कृतिक राजनीतिक शैक्षिक विषयबस्तु हाम्रा केन्द्र हुन । समाजमा भएका विकृति, विसंगति, कुनीति र अनियमितताको भण्डाफोर गर्दे समृद्ध समाज निर्माणमा निरन्तर कलम चलाइरहने छौ ।
अन्तः यस भेगको समग्र बिकास संग हाम्रो प्रत्यक्ष सरोकार छ, निगरानी छ, चासो छ र चिन्ता पनि । हामी समृद्धीका हरेक पाटाहरु संग हातेमालो गर्दै अघि बढ्ने प्रण गर्छौ । हाम्रो यो संकल्पलाई पुरा गर्ने प्रमुख माध्यम संचार नै हो भन्ने विश्वासका साथ हामी यहाँहरु माझ नयाँ उमंगका साथ आइपुगेका छौ । यो कार्यमा सबैको सहयोग र सहकार्य रहने छ भन्ने विश्वास छ ।
धन्यबाद।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here