Saturday, April 20, 2024
Homeविचारहात्तीपाइले रोग साझा समस्या ठानौं

हात्तीपाइले रोग साझा समस्या ठानौं

- Advertisement -spot_img

दाङसहित यही माघ २५ गतेदेखि करिब दुई सातासम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन थालिएको छ । नेपालमा हात्तीपाइले रोगीहरूको संख्यालाई शून्यमा झार्नका लागि सरकारले थालेको अभियान दाङमा दशौं पटकमा फेरी सञ्चालन हुन थालेको छ । नवौं पटकसम्म औषधि खुवाउँदा पनि अभियान सफल हुन नसकेपछि दाङमा दशौं पटक औषधि खुवाउन लागिएको छ । हात्तीपाइले रोग समयमा औषधि सेवन गरेमा निको हुने रोग भएपनि औषधि सेवनप्रति नागरिकको धारणा गलत भएका कारण रोगविरूद्धको औषधि सेवन गर्ने अभियानले सार्थक पाउन सकिरहेको छैन् । अभियानलाई सफल बनाउन यसपटक पनि विशेष महत्वका साथ तयारी थालिएको छ । लक्षित वर्ग र उद्देश्यमा पुग्नका लागि स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधि लगायत गँउ“का बुद्धिजीवि सबैलाई परिचालन गरिने भएको छ ।
औषधि सेवनको अवस्था तथ्यांकमा मात्र भन्दा पनि व्यवहारतः कार्यान्वयन गरी प्रभावकारी बनाउन थालिएको छ । दाङमा बढी जोखिम रहेका ठाउँ घोराही, तुलसीपुर, देउखुरीसहित दशवटै स्थानीय तहका स्वास्थ्य शाखामार्फत औषधि सेवनको अभियान सञ्चालन गरिने भएको हो । अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधिदेखि विभिन्न क्षेत्रका संघ,संगठनसँग समन्वय गरिएको छ । पटक–पटक औषधि खुवाउँदा पनि दाङमा हात्तीपाइले रोग निवारण हुन नसक्नुको कारणहरू के हुन सक्छन् ? के दशौं चरणको अभियानबाट रोग निवारण हुन सक्ला त ? नागरिकस्तरमा हात्तीपाइले रोगविरूद्धको औषधि सेवनबारे सकारात्मक धारणा किन हुन नसकेका होलान् त ? लगायतका विषयमा विभिन्न सरोकारवालासँग प्रदेश टुडेको राउण्ड टेबलमा कुराकानी गरेका छौं ।


चन्द्रराज पन्त
संयोजक
नागरिक समाज दाङ

नागरिकस्तरमा स्वफूर्तरूपमा औषधि सेवन गर्ने सचेतना फैलन नसक्दा पनि दाङमा अभियान प्रभावकारी बन्न सकिरहेको छैन् । पाँच वर्षअघि सफल हुने अभियान निरन्तर लम्बिएको छ ।
दशौँ चरणमा आइपुग्दा पनि अभियान फेरि लम्बिने अवस्था आउन दिन हुँदैन् । हात्तीपाइले रोग निवारणमुुक्त जिल्ला दाङलाई बनाउनका लागि सबै आ–आफ्नो ठाउँबाट अभियान थाल्न आवश्यक छ ।
हात्तीपाइले रोग सबैको साझा समस्या हो । सरकारले थालेको महान अभियानमा नागरिकस्तरको साथ अनिवार्य छ । त्यसमा पनि अहिले सरकारको अभियानलाई सफल बनाउनु भनेको आफू, परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउनु हो ।
हामीलाई स्वस्थ बनाउने सरकारको अभियानलाई सार्थक बनाउनका लागि हामीले आ–आफ्नो क्षेत्रबाट औषधि सेवनको गर्न र गराउन आवश्यक छ ।
हात्तीपाइले रोगविरूद्धको औषधि आफूसँगै परिवारलाई सेवन गर्न र गराउनका लागि हामीले सकारात्मक सोंचका साथ काम गर्न आवश्यक छ । नागरिक स्वस्थ भएमात्रै समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने सरकारको उद्देश्य छ ।
अनि सरकारले नागरिकलाई स्वस्थ बनाउन निःशुल्क रूपमा विभिन्न समयमा विभिन्न रोगका औषधि वितरण गर्ने गरेको छ । हामीले त्यसलाई बुझ्न र बुझाउन नसक्दा अहिले समग्ररूपमा दाङमा औषधि खुवाउने अभियान लम्बिएको छ ।
सरकारले हामीलाई निःशुल्क औषधि वितरण गरेपनि औषधिमा हामीले तिरेको कर सरकारले लगानी गरेको छ भन्ने बुझेका छैनौँ । हामीले अहिले पनि फेरि औषधि सेवन नगरेमा फेरि सरकारले अर्को पटक पनि यसमै लगानी गर्नुपर्ने बाध्यता हुन्छ ।
औषधि सेवन नगर्दा हामीलाई हात्तीपाइलेको संक्रमण त हुन्छ नै हामीले तिरेको कर यसमै सकिने अवस्था पनि आउँछ । सरकारले दाङमा दशौँ पटक सञ्चालन गर्न लागेको अभियानलाई आम सबै नागरिकको साथ आवश्यक छ ।
हात्तीपाइले रोगविरूद्धको औषधि सेवनलाई प्रभावकारी बनाउन आफूमात्र होइन आफूसँगै परिवारलाई पनि औषधि खुवाउन सचेतना दिन आवश्यक छ । परिवार र समाजमा नै एक व्यक्तिमा हात्तीपाइलेको संक्रमण रहेछ भनेपनि संक्रमण फैलने खतरा हुन्छ ।
संक्रमणबाट बच्न औषधि सेवन गर्नु नै उत्तम उपाय हो । रोग लागिसकेपछि निको नहुने भएका कारण हात्तीपाइले रोग अरू रोगको तुलनामा जटिल मानिन्छ ।
त्यसैले औषधि सेवनको अभियानलाई प्रभावकारी बनाउनुपर्छ । सरकारले सित्तैमा दिएको औषधि त हो भन्ने हामीमा गलत धारणा राख्नुहुँदैन् ।
औषधि सेवन गरी स्वस्थ हुनका लागि औषधि खुवाउने अभियानका क्रममा खोजी–खोजी औषधि सेवन गरौँ । सरकारको अभियान मात्र नभएर हामी सबैको समस्या हो भने साझा अभियानका रूपमा लैजानका लागि नागरिकस्तरबाट साथ हुन जरूरी छ ।
स्वास्थ्यकर्मी घर–घरमै पुगेर औषधि खुवाउने कार्यक्रम रहेको हुँदा पनि औषधि खानका लागि पनि स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता छैन् ।
तर विशेष कारण काम विशेषले टाढा भएको भए औषधि खान स्वास्थ्य संस्थासम्मै पुग्नुपर्छ । स्वास्थ्यकर्मीले पनि सरकारी काम भन्ने नसोची स्वस्थ समाज निर्माण गर्ने अभियानलाई सार्थक बनाउन आफ्नो पनि जिम्मेवारी सम्झेर औषधि खुवाउन कन्जुस्याँई गर्न हुँदैन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here