Sunday, April 14, 2024
Homeफिचरहरेक वडामा योगा हल

हरेक वडामा योगा हल

- Advertisement -spot_img

तुलसीपुर, २५ चैत । तुलसीपुर उपमाहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले हरेक वडाहरुमा योगा हल बनाउने तयारी गरेको बताएका छन् । स्मार्ट शहरका नागरिक पनि स्मार्ट र स्वस्थ हुन जरुरी रहेकाले नागरिकलाई स्वस्थ राख्न योगा हलको योजना अघि सारेको पाण्डेले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को मोतीनगर टोल विकास संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले जीवनशैलीमा परिर्वतन गर्नसके स्वस्थ भइने बताए ।
उनले उपमहानगरभित्र स्मार्ट सिटीलाई सहयोग पु¥याउने धेरै कार्यहरु अगाडि बढेको समेत जानकारी गराएका थिए । त्यसैगरी तुलसीपुर उपमाहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेले टोलले गरेका हरेक कार्यमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
यसैबीच कार्यक्रममा मोतीनगर टोल विकास संस्थाले जग्गादाता रेशम लामिछाने र उनकी धर्मपत्नी गीतादेवी लामिछानेलाइ सम्मान गरेको छ । संस्थाका र टोलबासीका लागि योगा हल र मन्दिर निर्माणार्थ लामिछानेले ६६ दशमलब ९१ वर्गमिटर जग्गा प्रदान गरेको संस्थाका अध्यक्ष दोलखबहादुर खत्रीले बताए ।
चलन चल्तीको मुल्य अनुसार ५० लाख बढीको उक्त जग्गामा आधुनिक भवन निर्माणको तयारी गरेको इन्जिनियर पवन योगीले बताए । संस्थाका अध्यक्ष दोलख बहादुर खत्रीको अध्यक्षता तथा नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एवं वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here