Saturday, April 20, 2024
Homeमुख्य खबरहत्या आरोपमा चार पक्राउ

हत्या आरोपमा चार पक्राउ

- Advertisement -spot_img

तुलसीपुर, ६ पुस । जिल्ला प्रहरी कार्यालय दाङले सुवास पुन मगरको हत्या गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका सुवास पुनका परिवारले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । कार्तिक ३० गते प्यूठानको स्वर्गद्वारी घुम्न गएका सुवास पुनको शव पुस २ गते घोराही उपमहानगरपालिका–१९ को सैघामा फेला परेको थियो ।
अहिले पुनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । सुवाससँगै घुम्न गएका चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । परिवारले जिल्ला प्रहरी कार्यालय दाङमा चारजनाको नाममा किटानी जाहेरी दिएका छन् । यस्तै परिवारजनले शपको पोष्टमार्टम गर्न समेत अस्वीकार गर्दै आएका छन् । घटनाका बारेमा सत्यतथ्य अनुसन्धान नहँुदासम्म शव नबुझ्ने परिवारले जनाएको छ । यस्तै पक्राउ परेकाहरुसँग आवश्यक छानबीन भइरहेको प्रहरीले जनाएको छ । सुवाससँगै अन्य नौँ जना स्वर्गद्वारी घुम्न गएका थिए । पुनका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय दाङमा सन्तोष घर्ती, बादल शाह, अशोक घर्ती र बिपी पुनका नाममा किटानी जाहेरी दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here