Sunday, April 14, 2024
Homeफिचरस्वीटरले फेरियो मुहार

स्वीटरले फेरियो मुहार

- Advertisement -spot_img

तुलसीपुर, १७ मंसिर । दिउँसोको १२ बच्दै थियो । बाल प्राथामिक विद्यालय तुलसीपुर १ कुमालगाउँ पवननगरको विद्यालयको प्राङ्गणमा विद्यार्थी, अभिभावक बसिरहेका थिए । सधै कक्षामा रहने विद्यार्थीहरु आइतबार चौरमा मलिन अनुहारसहित बसिरहेका थिए । एउटा खुशी लिनलाई । शिक्षकहरु एकतर्फ कुर्सी मिलाउँदै थिए । विद्यालयमा केही नयाँ अनुहार पनि अतिथिको रुपमा देखिन्थ्ये ।
विद्यालयका ६९ जना विद्यार्थीहरुको अनुहारमा मधुरो मधुरो आशा प्रस्ट देखिन्थ्यो । कारण थियो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडो छेक्न न्यायो स्वीटर पाउँदै थिए । समाजसेवी टोपबहादुर महतरा र गीता महतराले उनीहरुका लागि न्यानो कपडाको ब्यवस्था गरिदिएका थिए । पोलिस्टरको आकासे रङको सट लगाएका विद्यार्थीहरुका शरीरमा स्वीटर छि¥यो अनि विद्यार्थी प्रफुल्ल मुद्रामा देखिए । विद्यँर्थीलाई दाता र अतिथिहरुले आफैले स्वीटर लगाइदिए पछि त उनीहरुको खुसीको सीमानै थिएन । शान्तरुपमा बसेका विद्यार्थीहरुले साथी–साथीबीच खुशी साटासट गर्न थाले सहयोगी दातातर्फ हेरेर मुस्कुराउन कोहि छुटेनन् । कार्यक्रम अघि र पछिको अवस्था आकास पातालले फेरियो । मलिन अनुहारहरु एकाएक हसिला चेहरामा प्रकट भए । जाडोमा पाएको न्यानो कपडा उनीहरुका लागि नफलेको फल पाए जस्तै भएको थियो ।
विपन्न, गरिव परिवारका बालबालिका पढ्ने उक्त विद्यालय कक्षा पाँचसम्म सञ्चालनमा छ । जम्मा ६९ जना विद्यार्थी अध्ययनरत छन् । शिक्षक ५ जना । विद्यालयमा पहिलो पटक ठूलो सहयोग भएको र शिक्षा सरोकारवालाहरुको सहभागिता पनि पहिलो पटक भएकाले विद्यालयका प्रधानाध्यापक प्रकाश पाण्डे चकित पर्दै भन्दै थिए, यो सहयोग सधै पाइयोस् । सहयोगीदाता मात्रै हैन, सरकारले यी बालबालिकाको भविष्यलाई पनि ध्यान दिन सकोस् । प्रधानाध्यापक पाण्डेले विद्यालयमा खाजा कार्यक्रम मात्रै लागू गर्नसके विद्यार्थी संख्या समेत बढाउन सकिने बताए । विद्यालयमा एक कार्यक्रमका बीच ६९ जना विद्यार्थीहरुलाई ऊनको स्वीटर वितरण गरिएको छ । तुलसीपुर–६ निवासी समाजसेवी टोपबहादुर महतरा र गीता महतराको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो । करिब ३५ हजार रुपैयाँ बराबरको स्वीटर सहयोग गरेको महतराले बताए ।
मानवीय सेवालाई निरन्तरता दिन विद्यार्थीहरुलाई सहयोग गरेको उनले बताए । विद्यालयमा अध्ययनरत सबै विद्यार्थी गरिब विद्यार्थीहरु पठनपाठन गर्ने तथा न्यानो कपडा किन्नसमेत नसक्ने अवस्थामा रहेको जानकारी पाएपछि सहयोग गरेको महतराले बताए । तुलसीपुर उपमहानगरका सूचना अधिकारी झरेन्द्र खरेलको संयोजनमा महतराले विद्यालयमा उक्त सहयोग गरेका हुन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुमालको अध्यक्षतामा तथा नगरका शिक्षा संयोजक देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा एवं महतराको विशिष्ट आतिथ्यतामा स्वीटर वितरण कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण भण्डारी, तुलसीपुर उपमहानगरका सूचना अधिकारी झरेन्द्र खरेल, स्रोतब्यक्ति मुकुन्द रिजाल लगायतले बोलेका थिए । बोल्ने वक्ताहरुले महतराको सहयोगको तुलनै गर्न नसकिने बताएका थिए । उनीहरुले सामाजिक कार्यमा महतराले गरेको योगदानको समेत चर्चा गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here