Sunday, March 24, 2024
Homebreaking-newsस्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सामग्री सहयोग

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १८ जेठ । कोरोनाभाइरसको संक्रमणको समयमा रिपोर्टिङमा रहने पत्रकारहरूका लागि अटोभिल्ला बिजनेश ग्रुप प्रालिले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको अटोभिल्ला बिजनेश ग्रुप प्रालिले नेपाल प्रेस युनियन दाङलाई मास्क र सेनिटाइजर सहयोग गरेको हो ।
प्रालिका प्रबन्ध निर्देशक सुशील पोख्रेलले युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी र सचिव आरके शीतललाई पत्रकारका लागि २ सय ५० पिस मेडिकल मास्क र ३५ थान सेनिटाइजर प्रदान गरेका हुन् ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल र दाङ जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीको उपस्थिति रहेको थियो ।
स्वास्थ्य सामग्री प्रदान गर्दै अटोभिल्ला बिजनेश ग्रुपका प्रबन्ध निर्देशक सुशील पोख्रेलले कोरोनाभाइरस संंक्रमणको समयमा पनि निरन्तर रिपोर्टिङमा रहेका पत्रकारका लागि सहयोग होस् भनेर मास्क र सेनिटाइजर प्रदान गरेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here