Tuesday, March 26, 2024
Homeसम्पादकीयस्वास्थ्य सजकता

स्वास्थ्य सजकता

- Advertisement -spot_img

गर्मी समयमा स्वास्थ्यलाई ख्याल गर्नुपर्छ । सामान्य कमजोरी र लापरवाहीले यो समयमा स्वास्थ्यमा ठूलो असर पु¥याउन सक्छ । सामान्य अवस्थामा स्वास्थ्यप्रति सजक भयांै र सुरक्षाको वातावरण गराउन सकियो भने स्वास्थ्य सुरक्षा गर्न सकिन्छ ।
गर्मी मौसम रोगले छिट्टै आक्रमण गर्ने समय हो । गर्मीको समयमा सामान्य सचेतना अपनाइएन भने जुनकुनै बेला पनि मानव स्वास्थ्यमा विभिन्न रोगको आक्रमण हुनसक्छ । अहिले गर्मीकै कारण विभिन्न रोगको संक्रमणले सास्ती दिइरहेको छ ।
गर्मीकै कारणले अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ । भने केही स्थानहरुमा विभिन्न प्रकारका प्रकोपहरु फैलिन सुरु भएको छ । त्यसकारण यो समयमा सजकता अपनाउनु उपयुक्त र महत्वपूर्ण तथा अपरिहार्य देखिन्छ । आम नागरिकमा यो सचेतना आवश्यक छ ।
गर्मी शुरू भएसँगै दाङको शान्तिनगर गाउँपालिका झाडापखालाको प्रकोप देखिसकेको छ । गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टिमले क्रियाशीलता देखाउँदा र चासो दिएर उपचारमा संलग्न हुँदा त्यसले ठूलो रूप लिन सकेन ।
गत वर्ष पनि यही समयमा शान्तिनगरमा झाडा पखालाकै प्रकोपले ठूलो रूप लिएको थियो । त्यो अवस्था मध्यनजर गरेर यस पटकको सक्रियता अलि बढी नै देखियो । जसका कारण दुईदिनमा नै प्रकोप नियन्त्रणमा आयो । आम नगारिकहरुा सचेतना नहुँदा शान्तिनगरमा पुनः झाडापखाला दोहरिनु राम्रो हैन । यसतर्फ स्थानीय तह सजक हुनैपर्छ । स्थानीय सरकारले सचेतना अभियान बढाउनुपर्छ ।
पानी र भोजको खानामा लापरबाही हुँदा झाडापखालाको प्रकोप भएको प्रारम्भिक अनुमान गरिएको छ । यसमा नागरिकहरु आफै सजक भएको भए यो अवस्था आउने थिएन । सामान्य सावधानी नअपनाउँदा गर्मीसँगै बिरामीहरु पनि बढिरहेको देखिन्छ ।
सुरक्षित हुने अवस्था रहदारहदै पनि लापरबाही र असावधानीका कारण स्वास्थ्यसम्बन्धी समस्या र प्रकोप देखिन सक्छन् । गर्मीसँगै विभिन्न समस्या देखिन थालेपछि चिकित्सकहरुले केही सल्लाह र सुझाव समेत प्रवाह गर्न थालेका छन् ।
मानव शरीरमा स्वास्थ्य महत्वपूर्ण धन हो । स्वस्थ शरीरका लागि लापरबाही हैन सुरक्षामा ध्यान दिनु आवश्यक हुन्छ । शरीरलाई स्वास्थ बनाएमा मात्रै लक्ष्य पूरा गर्न सकिन्छ । योजनाहरूलाई कार्यान्वयनको दिशामा लैजान सकिन्छ ।
मौसम फेरिदै गर्दा शरीरमा हुने र आउने समस्यातर्फ सजक भएर रहन सके सधै र सबै बेला स्वास्थ्य र शरीरको सुरक्षा हुन्छ । विभिन्न प्रकोप, संक्रमणहरुलाई टाढै हुनेछन् ।
नागरिकहरुले आफैले सजकता अपनाउनुपर्छ आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नुपर्छ । यसर्थ स्वास्थ्यको सुरक्षामा लागि गम्भीर बनौं र स्वस्थ रहनु । सजकता अपनाउनु ठूलो कुरा रहन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here