Monday, April 22, 2024
Homeफिचरस्वास्थ्य नीतिसहित सात विधेक पारित

स्वास्थ्य नीतिसहित सात विधेक पारित

- Advertisement -spot_img

शान्तिनगरको गाउँसभा
शान्तिनगर, १६ माघ । शान्तिनगर गाउँपालिकाको नगरसभाले स्वास्थ्य नीति पास गरेको छ । स्वास्थ्य नीति र ऐन निर्माण गरेर सातौ गाउँसभामार्फत पारित गरेको हो ।
स्थानीयतहहरूमा स्वास्थ्य नीतिप्रति चासो कम भइरहेका बेला शान्तिनगर यसमा अघि देखिएको हो । गाउँसभाले स्वास्थ्य नीति र ऐनसहित सात विधेक पारित गरेको गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकीले बताए ।
शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा सम्पन्न सभाले गाउँपालिकाको स्वास्थ्य ऐन र स्वास्थ्य नीति २०७६ सर्वसम्मत रूपमा पास गरेको हो ।
स्वास्थ्य नीति र ऐन पास भएपछि अब गाउँपालिकामा सञ्चालित हुँदै आएका मेडिकलहरू अनिवार्य दर्ता र सूचिकृत हुनुपर्नेछ । साथै कर्मचारी ब्यवस्थापन र स्वास्थ्य संस्थाहरूमा अनुगमनसमेत गर्नेछ ।
त्यसैगरी सभाले स्थानीय वन ऐन २०७६, संस्था दर्ता विधेयक २०७६, गाउँपालिकाको पूर्वाधार विकास ब्यवस्थापन विधेयक २०७६, त्यस्तै तथ्याङ्क तथा अभिलेख ब्यवस्थापन विधेयक २०७६ र कृषि विकास विधेयक पारित गरेको हो ।
सभाले न्यायीक समितिका सदस्य पुनिराम कामीको निधनप्रति दुःख ब्यक्त गर्दै शोक प्रस्तावसमेत पास गरेको थियो ।
सभामा उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विश्वकर्माले विधेकमाथि धारणा राखेका थिए । मंगलबारदेखि सञ्चालित सभा बुधबारसम्म चलेको थियो । सभाको सञ्चालन सहजीकरण प्रशासन प्रमुख कृष्ण कँडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here