Sunday, April 14, 2024
Homeफिचरसेवालाई प्रभावकारी बनाउन जोड

सेवालाई प्रभावकारी बनाउन जोड

- Advertisement -spot_img

तुलसीपुर, ३० मंसिर । सरकारी कार्यालयबाट प्रदान गरिने सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । मानवअधिकारमा आधारित शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा इन्सेकले सरोकारवालासँग गरेको अन्तरक्रियामा सरोकारवालाले यस्तो प्रतिवद्धता जनाएका छन् ।
उपमहानगरपालिकाको स्वास्थ्य शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक सामाजिक विकास शाखा, उपभोक्ता हित संरक्षण शाखा, शिक्षा शाखासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायतका प्रमुख एवं प्रतिनिधिले सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा सहभागीले नागरिकहरूले अहिले पनि सहजरूपमा सेवा पाउन नसकिरहेको भन्दै सेवालाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । सहभागीले कतिपय नागरिकलाई कार्यालयबाट पाउने सेवा नै थाहा नहुने गरेको भन्दै सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा महिला मानवअधिकारकर्मी शुष्मा गिरीले शिक्षा, स्वास्थ्य, कृषिलगायतमा नागरिकको सहज पहुँच बढ्न नसकेको भन्दै सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरिन् । कार्यक्रममा स्वास्थ्य शाखाका विष्णु गिरी, महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठ, ओरेकका कल्पना चौधरीलगायतले मन्तव्य राखेका थिए ।
मानवअधिकार सञ्जालका तुलसीपुर अध्यक्ष दोलखबहादुर खत्रीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विभिन्न कार्यालय प्रमुखले आफूले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराएका थिए । मानवअधिकार सञ्जालका जिल्ला अध्यक्ष केशवकुमार शर्माले विषय प्रवेश गराएको कार्यक्रमको सहजीकरण इन्सेकका जिल्ला संयोजक विनोद केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here