Thursday, March 28, 2024
Homeमुख्य खबरसूचना दिन नडराउनुस्ः प्रहरी प्रमुख शर्मा

सूचना दिन नडराउनुस्ः प्रहरी प्रमुख शर्मा

- Advertisement -spot_img

घोराही, १ भदौ । तपाईले समाजमा कुनै पनि आपराधिक घटना भईरहेको देख्नुभएको छ ? वा तपाईलाई कुनै आपराधिक घटना हुन सक्ने महशुस गर्नुभयो ? कि तपाई आपराधिक घटनाको बारेमा प्रहरीलाई जानकारी गराएर आफू पनि असुरक्षित हुन्छु भन्ने सोचेर आपराधिक क्रियाकलापलाई देखेर पनि नदेखेको जस्तै गर्नुहुन्छ ? यदि समाजमा कुनै पनि अशान्ति मच्चाउने क्रियाकलाप वा आपराधिक घटना भएको देख्नुभयो भने तुरुन्त नेपाल प्रहरीलाई खबर गरेर सभ्य शान्त र सुरक्षित समाज निर्माणमा लाग्नुस् । किनभने प्रहरीलाई सूचना दिने व्यक्तिको सुरक्षाको विषयमा प्रहरी संवेदनशील भएको छ । समाजमा भएका आपराधिक घटनालाई प्रहरीमा जानकारी गराउँदा आफू असुरक्षित हुन्छु भन्ने डर मनबाटै हटाउनुस् । आपराधिक घटनामा सूचना दिदा कतै गलत साबित हुन्छु कि भनेर पनि डराउनु पर्दैन् । तपाईले कुनै पनि सूचना प्रहरीलाई जानकारी गराउनुभयो वा तपाईले दिएको सूचना गलत हो वा सही हो भनेर अनुसन्धान गर्ने काम प्रहरीको हो । तपाई दिएको सानो सूचनाले प्रहरीलाई समाजमा भईरहेको वा हुनसक्ने घटनालाई नियन्त्रणमा लिन मद्दत पुग्छ । जिल्ला प्रहरी कार्यालय दाङले नागरिक सुरक्षालाई संवेनशीलको रुपमा लिएको छ । जिल्लाको शान्ति सुरक्षालाई कायम राख्नको लागि प्रहरीले नागरिक सुरक्षालाई संदेनशीलको रुपमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरि शर्माले प्रहरीलाई सूचना दिन नडराउन अनुरोध समेत गरेका छन् । प्रहरीलाई कुनै पनि सूचना दिने व्यक्तिको सुरक्षाको जिम्मा लिनेसमेत बताए । ‘समाजमा भईरहेको वा घटना हुने सम्भावनाको बारेमा तपाई नागरिकलाई पहिले थाहा हुन्छ’ दाङमा सरुवा भएर आएका प्रहरी प्रमुख शर्माले पत्रकार भेटघाट कार्यक्रममा भने ‘प्रहरीलाई सूचना दिन डराउन पर्दैन, तपाईको सुरक्षाको जिम्मा हामी लिन्छाँै ।’ आपराधिक घटनाका सूचना दिन व्यक्ति पनि असुरक्षित हुन्छ कि भन्ने डर हटाएर सभ्य समाज निर्माणमा गर्नको लागि प्रहरीलाई सूचना दिएर सहयोग गर्न अनुरोध गरे । ‘समाजमा कुनै पनि आपराधिक घटना हुनसक्ने सम्भावना देख्नुभयो वा तपाईलाई शंका मात्रै लागेको छ भने पनि प्रहरीलाई मात्र खबर गर्नुस्’ उनले पत्रकार तथा नागरिकहरुलाई हौसला दिदै भने ‘ तपाईको सुरक्षा त छदैछ तर हामी प्रहरी परिचालन गरेर आपराधिक घटना हुन दिदैनाँै ।’ प्रहरीलाई सूचना दिएर सभ्य नागरिक र शान्त समाजको निर्माणमा भूमिका खेल्न सुझाव दिए । ‘तपाईले दिएको सूचना सही वा गलत हुन्छ भनेर नडराउनुस्, त्यसको भेरिफाई प्रहरीले गर्छ’ उनले भने ‘शंकाले मात्रै पनि धरै आपराधिक क्रियाकलापको जरो पत्ता लगाउन सकिन्छ ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुलाई सूचना सम्प्रेषणमा सहज वातावरण मिलाउन प्रहरी प्रमुखसँग अनुरोध गरेका थिए । त्यस्तै सञ्चार उद्यमी हेमराज धितालको हत्यारा पत्ता लगाएर सार्वजनिक गर्न ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा सहभागी पत्रकारहरुले दाङमा लागूपदार्थ ओसारपसार बढ्दै गएको, बलात्कार घटनाहरु बढ्दै गएको, होटलहरुमा यौन व्यवसाय धन्दा चलिरहेको, शान्ति सुरक्षामा संवेदनशील र सूचना सम्प्रेषणमा सहज वातावारण मिलाउन सुझाव दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाह, सचिव भूपेन्द्र वली, कोषाध्यक्ष आरके शितल, पत्रकारहरु शरद अधिकारी, नविन अभिलाषी, अमर क्षितिज, देवि भण्डारी, जनक नेपालीलगायतले सुझाव दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here