Thursday, April 18, 2024
Homeविचारसुरक्षित खाद्य अधिकार

सुरक्षित खाद्य अधिकार

- Advertisement -spot_img

बिहान उठेदेखि रातिसम्म प्रयोग गर्ने दैनिक उपभोग्य सामानमा उपभोक्ता ठगिन बाध्य छन् । बजारमा पसलैपिच्छे फरक मूल्य छन् भने अखाद्य वस्तुहरु पनि खुलम खुल्ला बिक्री हुने गरेका छन् ।
फितलो कानुन र अनुगमनको नहुँदा उपभोक्ता हरेक पटक ठगिनुपरेको छ । अझ विषशेगरी चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अखाद्य वस्तुहरु भित्रिने गरेको पाइन्छ । जसका कारण उपभोक्ता दिनदहाडै ठगिन बाध्य छन् ।
बजारमा सामान किन्दा ठगिन बाध्य धेरै उपभोक्तालाई अहिले पनि संयुक्त राष्ट्रसंघको महासन्धि, सन्धि, नेपालको संविधान र कानुनहरू समेतले उपभोक्ता हकअधिकार सुनिश्चित गरेको थाहा छैन ।
त्यसो त देशमा उपभोक्ता अधिकारको सवालमा आवाज उठाउने धेरै संघसंस्थाहरु छन् । बजारमा अस्वभाविक भइरहने मूल्यवृद्धि, कालोबजारी, सिन्डिकेटको आडमा खुलेआम उपभोक्ताको अधिकार हनन् भइरहेको अवस्थाप्रति सरोकारवाला निकाय मुकदर्शक मात्रै बनेका छन् ।
किन कर्मकाण्डी रुपमा मात्रै प्रस्तुत हुन्छन् त उपभोक्ता अधिकारकर्मी र सम्बन्धित सरकोरावाला संघ, संस्थाहरु ? के उपभोक्तावादी संस्थाहरुले जनताको नाममा झनै लुट धन्दालाई प्रश्रय दिएका हुन् त ? यो प्रश्न यतिबेला आम नागरिकको मनमा उठेको प्रश्न हो । बजारमा न मूल्यमा एकरुपता छ न त राम्रो गुणस्तर सामान पाउन सकेका छन् उपभोक्ताले ।
बजारमा हुने अखाद्य वस्तु र कालोबजारी हुन नदिन के प्रयास भइरहेको छ त ? आज हामीले राउण्ड टेबलको यो अंकमा छलफल र बहसको विषय बनाएका छौं । प्रस्तुत छ सारसंक्षेपमा गरिएको कुराकानी । 


विवेक बन्जारा
प्रमुख
खाद्य प्रविधि तथा गुण नियन्त्रण
डिभिजन कार्यालय, दाङ

हाम्रो कार्यालयले विशेषतः बजारमा मूल्यका कालोबजारी भन्दा पनि खाद्यको गुणस्तरतामा ध्यान दिने गरेका छौँ । गतवर्ष फागुनमा मात्रै हामी जिल्लास्तरीय खाद्य तथा गुण नियन्त्रण भएपछि हामीले खाद्य अधिकारको क्षेत्रमा काम गरिरहेका छौँ ।
हामीले दैनिकरुपमै खाद्यसँग सम्बन्धित उद्योगको निरीक्षण, अनुगमन गर्ने गरेका छौँ । अनुगमनमा क्रममा केही त्रुटीहरु पनि देखापर्ने गरेका छन् ।
उपभोक्तालाई प्रत्यक्ष असर पार्ने गरी हुन सक्ने अखाद्य वस्तु मिसावटलाई नियन्त्रणका लागि बजारभन्दा पनि उत्पादन हुने उद्योगमा छड्के अनुगमन गर्ने गरेका छौँ । नियमित रुपमा हुने अनुगमनमा दाङमा अत्याधिक नभएपनि केही न केही सामान्य समस्याहरु देखापर्ने गरेका छन् ।
अनुगमनमा समस्या अत्याधिक समस्या देखियो भने सिलबन्दीसमेत गर्ने अधिकार पनि छ । उपभोक्तालाई पनि के आग्रह गर्न चाहन्छौँ भने खाद्यवस्तु खरिद गर्दा वस्तुको मूल्य, वस्तु बनेको मिति, वस्तुको उपभोग म्याद मितिलगायतका कुरामा बढी ख्याल गर्नुस् तपाईहरु सचेत हुनुभयो भने पनि बजारमा हुन सक्ने कालो बजारी केहि भएपनि नियन्त्रणमा आउँछ ।
खाद्यअधिकार पूर्णरुपमा सुरक्षित गराउन हामीले उपभोक्ता सचेतनालाई पनि जोड दिएका छौँ । त्यसैले अहिले पनि विभिन्न किसिमका समस्या छन् तर कहिले कर्मचारी अभाव त कहिले प्राविधिक कुराहरुमा समस्या हुँदा पनि यसको न्यूनीकरणमा लागि भएका प्रयास पनि निकै कठिन हुने गरेका छन् ।
उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने कसैले काम गर्ने गरेमा ५० हजार जरिवानादेखि पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । उत्पादनदेखि उपभोक्तासम्म गुणस्तरीय खाद्यवस्तु पुग्नपर्छ भन्ने उद्देश्यका साथ काम गरिरहेका छौँ ।
हामीले मौसमी अनुगमनभन्दा पनि हरेक समयमा पनि अनुगमनलाई निरन्तरता दिने गरेका छौँ । चाडपर्व र यस समयमा व्यवसायीले अलिकति कालोबजारी गर्न सक्छन् भन्ने भएकाले झनै अनुगमनको पाटोलाई प्रभावकारी बनाउने छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here