Wednesday, April 17, 2024
Homeसम्पादकीयसुध्रिएला सामुदायिक शिक्षा

सुध्रिएला सामुदायिक शिक्षा

- Advertisement -spot_img

शैक्षिक गुणस्तर कमजोर भएको भनिएका सामुदायिक विद्यालयहरूमा राज्यले सुधार गर्ने भन्दै विभिन्न कार्यक्रम गरिनै रहेको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कमजोर भएको बहस चलिरहेका बेला त्यसको सुधार र सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउने भन्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल सामुदायिक विद्यालयमा एक दिन कक्षा कोठामा एक दिन भन्दै कक्षाकोठामा प्रवेश गरेर ९० मिनेट बिताएका छन् । अभियानले दीर्घकालिन रूप लिने र नियमितरूपमा विद्यालयको यसरी राज्यका उच्च ओहदाका ब्यक्तिको प्रत्यक्ष नजर नियमित पुगेमा अवश्यपनि सुधार हुनसक्छ । तर प्रचारका लागि मात्रै गरिने यस्ता कार्यले भने विद्यालय सुध्रिनुको साटो बिग्रदै जाने छन् ।
जिल्लाका धेरै सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तर सुधारका आफै पनि लागेका छन् । केही सुधारका लागि राज्य पक्षबाट पनि राम्रै सहयोग तथा वातावरण पनि बनेको छ । तर पनि यहाँका साुमदायीक विद्यालयहरूले आफ्नो स्तर बढाउन सकेका छैनन् । भर्खरै मात्रै भएको एउटा अनुगमनले सामुदायिक विद्यालयको जग नै कमजोर भएको देखाएको छ । विद्यालयले बढी लगानी र चासो माथिल्ला कक्षाहरूमा दिने गरेपछि आधारभूत कक्षाहरूमा बेवास्ता देखिदा विद्यालयका जग आधारभूत कक्षाका बालबालिकाहरूमा सामान्य पठनसीपको ज्ञानसमेत कमजोर भएको देखाएको छ । कक्षा १–३ ले जति सिकिसक्नु पर्ने यो त्यो भन्दा धेरै कम सिकाइ भेटिएपछि सामुदायिक विद्यालयको सुधार कहिले हुने विषयले चिन्ता बढाउनु स्वभाविक पनि हो ? अब विद्यालयको शिक्षालाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउने गरी सामुदायिक विद्यालयहरूका सबै पक्षका गतिविधिहरू सञ्चालन भएमा र विद्यालय प्रशासनले इच्छाशक्ति देखाएका सहजरूपमा सुधार सकिने देखिन्छ । नीतिगत रूपमा होस् ब्यवहारिक रूपमा केही सामुदायिक विद्यालयहरू सुधारको अध्यास देखिन्छन् । तर पनि त्यसले पूर्णता पाउन नसक्नु दुखद छ । शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला पक्ष सामुदायिक शिक्षाको सुधारका लागि गम्भीर भएमा मात्रै पनि शिक्षामा धेरै परिवर्तन आउँछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ उपलब्धि कमजोर देखिनुले कसैको पनि विद्यालयप्रतिको गम्भीरता छ भन्ने देखाएन । सामुदायिक विद्यालयलाई निजीसँग तुलना गरेर मात्रै हेर्नुभन्दा पनि कसरी सामुदायिक विद्यालयहरू सुधार गर्न सकिन्छ ? राम्रो र गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरूरी छ । सामुदायिक विद्यालयले गरेका केही राम्रा प्रयासहरू सह्रानीय छन । त्यस्ता विद्यालयलाई नमुनाको रूपमा लिएर अन्य विद्यालयमा त्यो सन्देश पु¥याउनसके मात्रै पनि सुधारका आधारहरू सिर्जना हुनेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here