Monday, April 22, 2024
Homeफिचरसिसहनियामा महोत्सव सञ्चालन हुने

सिसहनियामा महोत्सव सञ्चालन हुने

- Advertisement -spot_img

सिसहनिया १५ मंसिर । दाङ देउखुरीको सिसहनियामा पहिलो पटक प्रथम कृषि, औद्योगिक, व्यापारीक तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । सिसहनिया उद्योग वाणिज्य संघको आयोजनामा ‘कृषि, उद्योग, व्यापारको प्रवद्र्धन गरौँ, कला संस्कृतिको संरक्षण गरौँ’
भन्ने मुल नाराका साथ सिसहनियामा बहुउद्देश्यीय सभाहल बनाउने मुख्य उद्देश्यका साथ यही पुस १७ देखि माघ २ गतेसम्म राप्ती गाउँपालिका वडा नम्बर ५ को दोलाइखोला पुलको उत्तरतर्फको प्लाटिङ क्षेत्रमा महोत्सव सञ्चालन हुन लागेको उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
यसैबीच महोत्सव सञ्चालनका विषयमा शुक्रबार सिसहनियामा तयारी भेला तथा पत्रकार सम्मेलन गरिएको छ । भेलामा भएको सहमति अनुसार महोत्सवमा १ सय ७० स्टल रहने, २० लाख आम्दानी गर्ने र १ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ भने महोत्सव अवधिभर देउखुरी आइडल सञ्चालन हुनेछ ।
जसमा प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ५ हजार र सान्त्वनालाई २ हजार पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै झाँकीमा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ८ हजार, तेस्रो हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई २÷२ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यसैगरी कृषि प्रदर्शनीमा प्रथम हुनेलाई १५ सय, दोस्रो हुनेलाई १ हजार र तेस्रो हुनेलाई ५ सय पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवमा सर्वसाधारणका लागि टिकट दर ७०, विद्यार्थीका लागि ४० र ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपाङ्ग, दृष्टिविहीनलाई भने शुल्क लाग्ने छैन् ।
१५ दिनसम्म सञ्चालन हने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवं पर्यटनलगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै सम्भावनाहरू बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवं विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरूको समेत प्रवद्र्धन र प्रचारप्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
महोत्सवमा जिल्लाको ऐतिहासिक कला, संस्कृति र भाषासहितको झाँकी प्रदर्शन गरिने अपेक्षा गरिएको छ भने हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल अवलोकन, खौराह ताल अवलोकन, भद्राक्षीदेवी मन्दिर देवीकोटमा दर्शन, राप्ती सामुदायिक होमस्टे बगरापुर, बाघनाथ बाबा जंगलकुटी अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरू रहने छन् ।
महोत्सव अवधिभर ख्यातीप्राप्त केन्द्रीय, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ । महोत्सवमा मौतको कुवा, झुला, चर्खे पिङ, बाल उद्यानसमेत रहने बताइएको महोत्सवको तयारीका लागि यति बेला राप्ती गाउँपालिकाबाट सिफारिस र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त भइसकेको छ । अब महोत्सव स्थलको काम र प्रचारप्रसारको कार्य अगाडी बढाइने महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवं राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलामा सिसहनिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पूर्णबहादुर बुढाथोकी, वडा नम्बर ५ का अध्यक्ष गोवद्र्धन रावत, वडा नम्बर ६ का अध्यक्ष वेदप्रसाद चौधरी, वडा नम्बर ८ का वडा सदस्य विष्णु गुरूङ,
सिसहनिया खानेपानीका अध्यक्ष शान्तराज शर्मा, समाजसेवी शिवध्वज मल्ल लगायतका वक्ताहरूले सल्लाह, सुझाव दिएका थिए । संघका उपाध्यक्ष युवराज सेन ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here