Monday, March 25, 2024
Homeमुख्य खबरसिंचाई योजनामा पैसा अभाव हुँदैनः मन्त्री पुन

सिंचाई योजनामा पैसा अभाव हुँदैनः मन्त्री पुन

- Advertisement -spot_img

लमही, २२ जेठ ।
नहर तथा सिंचाई योजनामा बजेटको अभाव हुन नदिने उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले बताएका छन् । देउखुरीमा सञ्चालन भइरहेका विभिन्न कुलो तथा सिंचाई आयोजनाको स्थलगत अवलोकन गर्दै सिंचाई मन्त्रीले अहिलेसम्म भइरहेको र अब आउँदा दिनमा आउने योजनामा पैसाको कमी हुन नदिने गरी आफूले गृहकार्य गरिरहेको बताए ।
नारायणपुर प्रणाली सिंचाई आयोजना ०५१÷०५२ मा सुरु भएपनि अहिलेसम्म पूरा नभएको भन्दै आफू चिन्तित भएको उनको भनाइ थियो । अहिले कामको सुरुवात भएका देउखुरीका कुलो सिंचाई योजना सबै पूरा गर्ने विषयमा छलफल भइरहेको भन्दै मन्त्री पुनले आफ्नो भनाइप्रति कुनै शंका नगर्न आग्रह गरे । भूमिगत सिंचाई आयोजना दाङलगायत धेरै स्थानमा सफल भएको भन्दै मन्त्री पुनले उत्पादनभन्दा विद्युत महसुल बढी तिर्नुपर्ने किसानको समस्याले आफूलाई सधै दुखी बनाएको बताए । यहाँका किसान दाजुभाइको समस्याको बारेमा राम्रोसँग बुझेको भन्दै अब यो समस्या छिट्टै समाधान गर्ने बताए । सरकारले यस पटकको बजेटमा एकीकृत सौर्य सिंचाई आयोजना नाम दिएर नयाँ कार्यक्रम लिएको सिंचाई मन्त्री पुनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here