Friday, April 19, 2024
Homeसम्पादकीयसालिक बहस

सालिक बहस

- Advertisement -spot_img

सहरका विभिन्न चौकहरु विभिन्न ब्यक्तिका नाममा राखिदै आएको इतिहास अहिलेसम्म रहिरहेको छ । नेपालभरिका ठूला–साना सहरहरुमा ब्यक्तिको भूमिकाको आधारमा चौकमा सालिक राख्नेदेखि चौकको नामाकरण गर्नेसम्मका काम हुँदै आएका छन् । पहिले विशिष्ट ब्यक्ति, समाजमा योगदान गरेका ब्यक्ति, परिवर्तनका लागि लडेका ब्यक्ति र कुनै ठाउँमा सहर स्थापना गर्न भूमिका खेल्नेहरूको नाममा चौकको नामाकरण गर्दै उनीहरूको सम्मानको लागि सालिकसमेत राखिने गरेको छ । त्यसै तुलसीपुरका विभिन्न चौकमा पनि केही ब्यक्तिहरूको नामले चौक चिनिन्छ भने केही ब्यक्तिहरुको चौकमा सालिकसमेत राखिएको छ । पछिल्लो समयमा तुलसीपुरको वीरेन्द्र चौकमा रहेको राजा वीरेन्द्रको सालिकले बहस सिर्जना गरेको छ ।
तुलसीपुरको बजार क्षेत्रको क लाईनमा पर्ने वीरेन्द्र चौक तुलसीपुर बजार स्थापनासँगै चर्चामा आएको चौक हो । तत्कालिन अञ्चलाधीशले तुलसीपुरमा ब्यवस्थित बसोबासको ब्यवस्था गरेर सहरीकरणको लागि पूर्वाधार खडा गरेपछि तत्कालिन राजा वीरेन्द्रको सालिक उत्तरतिरको प्रवेशद्वारमा राखेर त्यसको नामाकरण गरिएको इतिहास रहेको छ । तुलसीपुरका बस्ती विकाससँगै राजा वीरेन्द्रको चौकमा सालिक राखेर चोकको नाम वीरेन्द्र चौक रहेकोमा अहिलेसम्म त्यही प्रचलनमा छ । परिवर्तनको रूपमा गरिएको २०६२÷०६३ को आन्दोलनमा उत्रिएको जमातले सालिक तोडफोड गरेको थियो । त्यो सालिक अहिले पुनःस्थापनाका लागि बहस सुरु गरिएको छ । सामाजिक सञ्जालले सुरु गरेको बहस अहिले सञ्चार माध्यम हुँदै आम नागरिकसम्म पुगेको छ । स्थानीय जनप्रतिनिधिहरु पनि सालिक स्थापना गर्न सकारात्मक देखिएका छन् भने नागरिकहरुले पनि सकारात्मक सहयोगको लागि पहल गरिरहेका देखिएको छ । आन्दोलनको क्रममा तोडफोड गरी फालिएको सालिक अहिले खाली स्ट्याण्ड मात्रै ठडिएको छ । त्यहिमा अब पुनः राजा वीरेन्द्रको सालिक राख्ने प्रयास पनि सुरू भएको छ । यो इतिहासको संरक्षणका लागि राम्रो काम हो । तर त्यसलाई सबै नागरिकको भावना बुझेर जानसके अझ प्रभावकारी हुनेछ ।
तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले अहिले सालिक स्थापनाको लागि सक्रियता देखाएका छन् । स्थानीय तहले इतिहासलाई जोगाउनु पर्ने भन्दै सालिक इतिहास भएकाले इतिहास बचाउन आफूले पहल गर्ने घोषाणा गरिसकेका छन् । जनप्रतिनिधि हैसियतले गरेको उनको कार्य सह्रानीय छ । परिवर्तनको नाममा सालिक तोड्नु भन्दा त्यसको संरक्षण गरी इतिहास जोगाउनतर्फ सबै लागांै ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here