Monday, March 25, 2024
Homeमुख्य खबरसार्वजनिक लेखा सभापतिमा चौधरी

सार्वजनिक लेखा सभापतिमा चौधरी

- Advertisement -spot_img

तुलसीपुर, ८ साउन ।
प्रदेश नम्बर ५ को सार्वजनिक लेखा समितिको सभापतिमा दाङका प्रदेश सांसद् तथा काँग्रेस नेता डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार समितिका लागि भएको मनोनयन दर्तामा सार्वजनिक लेखा समितिको सभापतिका लागि चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
संसदीय समितिहरुमा सबैभन्दा शक्तिशाली समिति सार्वजनिक लेखा समिति मानिन्छ । यो समिति संसदीय मान्यता अनुसार प्रतिपक्षलाई दिने नीति छ । समितिमा रहने १३ सदस्यीय समितिका अन्य सदस्यहरुको भने निर्वाचन हुँदैछ । त्यसैगरेर विकास समितिको सभापतिमा आशा स्वर्णकार र अर्थ समितिको सभापतिमा दधिराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा निर्वाचि भएपछि चौधरीले आफ्नो लागि यो अवसर र चुनौतीको घडी भएको बताए । नयाँ संरचना र नयाँ ब्यवस्थालाई सिस्टममा लैजान आवश्यक भएको बेला पाएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताए । यो मेरो लागि ठूलो अवसर हो, अवसरसँगै चुनौती पनि छ, चुनौतीलाई पनि अवसरमा रुपान्तरण गरेर जिम्मेवारी पूरा गर्छु चौधरीले भने । प्रदेशको सार्वजनिक लेखाको विषयमा कार्ययोजना बनाएर अघि बढ्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here