Saturday, April 13, 2024
Homeमुख्य खबरसामुदायिक विद्यालयलाई अनुदान

सामुदायिक विद्यालयलाई अनुदान

- Advertisement -spot_img

तुलसीपुर, २२ । तुलसीपुर उपमहानगरपालिकाले भौतिक सुविधा विस्तारअन्तर्गत विभिन्न विद्यालयहरूलाई भौतिक सुविधा दिने भएको छ । उपमहानगरपालिका शिक्षा समितिको बैठकले २० वटा सामुदायिक विद्यालयहरूलाई विभिन्न सहयोग दिने भएका हुन् ।
बैठकले गरेको निर्णय अनुसार दुईकोठे ब्लक निर्माणका लागि प्रावि मुलकोट, मावि प्रतापकोट, मावि सेन्टर, मावि भित्री सक्राम, आवि सुन्दरनगर, मावि हरिपौरी र आवि बेलझुण्डी रहेको शिक्षा समिति संयोजक देवराज विकले बताएका छन् । उनले विद्यार्थी संख्या अनुपातमा कक्षाकोठाको संख्या कम भएका विद्यालयहरू सहयोग गरिएको पनि जानकारी दिए ।
त्यसैगरी मावि विजौरी, आवि छोटे र प्रावि करङ्गालाई वाससहित शौचालय निर्माणका लागि छनोट गरिएको पनि संयोजक विकले जानकारी दिएका छन् । उनका अनुसार सूचना प्रविधिका लागि मावि कालाखोला,
मावि उरहरी, मावि दुधरास र मावि मानपुर रहेको पनि जानकारी थिए । छनोटमा परेका विद्यालयहरूलाई सूचना प्रविधिसम्बन्धी सामग्री उपकरण वितरण गरिने छ । कार्यपालिका बैठकले गरेको निर्णयअनुसार मावि कुटिचौर, मावि दोघरे र मावि भ्यूडहर सुनपुरले पुस्तकालयलाई पुस्तकालय बनाउने भएको छ ।
त्यसैगरी मावि खाद्रे, महेन्द्र मावि तुलसीपुर र मावि अम्बापुरमा विज्ञान प्रयोगशाला निर्माणका लागि कार्यपालिकाको बैठकले पारित गरेको छ । संघीय सरकारको सशर्त १ करोड ९८ लाखअन्तर्गत अनुदानको कार्यक्रम गरिएको कार्यपालिका सदस्य देवराज विकले बताए ।
उनले विभिन्न मापदण्ड बनाएर विद्यालयको छनौट गरिएको समेत जानकारी दिए । सामुदायिक विद्यालय सुधारका लागि उपमहानगरपालिकाले विभिन्न योजना अगाडि बढाइरहेको छ ।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले सिमाङ्कनको विषयमा कुटनीतिक माध्यमबाट सरकार अगाडि बढ्नुपर्ने बताए । ‘जनस्तरबाट आन्दोलन गरेर मात्रै हुँदैन’ उनले भने ‘सरकार कुटनीतिक पहलबाट अगाडि बढ्नसकेमा समस्याको समाधान हुन्छ ।’ राजनीतिक दलहरुले पनि आन्दोलन गराउने कामलाई बन्द गरेर कुटनीतिक पहलबाट निकास निकाल्नको लागि सरकारलाई दवाव दिन सुझाव दिए ।
प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले राष्ट्रियताका मुद्दालाई साझा मुद्दाको रुपमा लिएर सबै राजनीतिक दलहरु एक हुनुपर्ने बताए । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको छलफलमा नेकपाका सदस्य विवेक श्रेष्ठ, वन महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी, अधिवक्ता नुमानन्द आचार्यलगायतले विचार राखेका थिए । कोषाध्यक्ष श्यामलाल पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सुशील पोख्रेलले गरेका थिए  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here