Thursday, March 28, 2024
Homeखेलकुदसाफ यू–१५ महिला फूटबलमा सुधारको आशा

साफ यू–१५ महिला फूटबलमा सुधारको आशा

- Advertisement -spot_img

काठमाडौँ, २१ साउन  । बंगलादेशमा गत वर्ष भएको पहिलो १५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यसपटक राम्रो नतिजा ल्याउने आशा गरिएको छ । करिब दुई महिनायता बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीको मुख्य लक्ष्य साफ च्याम्पियनसिपको फाइनलमा पुग्नु हो । भुटानको थिम्पुमा यही साउन २४ देखि भदौ २ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा अघिल्लो विजेता बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । समूह ‘ए’ मा भारत, भुटान, अफगानिस्तान र श्रीलंका छन् । माल्दिभ्सले प्रतियोगितामा सहभागिता जनाएको छैन । बंगलादेशमा भएको पहिलो संस्करणमा भने नेपाली टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेका थिएनन् । त्यतिबेला नेपालले कुनै पनि खेलमा जीत हासिल गर्न सकेन नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तर, भारतसँग १०–० फराकिलो गोलअन्तर र भुटानसँग १–१ गोलको बराबरीमा खेलेको थियो ।
नेपाली टोलीको मुख्य प्रशिक्षक गंगा गुरुङ केही नयाँ खेलाडीको आगमन र टोलीमा आएको सुधारले राम्रो प्रदर्शन गर्नेमा आशावादी छिन् । खेलाडीमा मनोबल उच्च रहेको र पछिल्लो समय नियमित प्रशिक्षण भइरहेकाले प्रतियोगितामा उपाधि जित्ने उनको दाबी छ । कप्तानको जिम्मेवारी पाएकी प्रीति राईले विगतका कमजोरी सुधार्ने गरी प्रतियोगितामा सहभागी हुन लागेको बताउँदै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा िछरिङ शेर्पाले महिला टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए । तीन महिनादेखि राम्रो तयारीमा रहेकाले यो वर्ष किशोरी खेलाडीले राम्रो नजिता निकाल्नेमा आफू विश्वस्त रहको उनको भनाइ छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा सामेल छन् । च्याम्पियनसिप खेलाउन दुई नेपाली रेफ्री, फिफा रेफ्री अस्मिता मानन्धर र फिफा सहायक रेफ्री बिना श्रेष्ठ पनि नेपाली टोलीसँगै भुटान जाँदैछन् । नेपालले पहिलो खेल यही साउन २६ गते पाकिस्तानसँग खेल्नेछ भने बंगलादेशसँग २८ गते प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा प्रीति राई, सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता राना मगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।

नेपाली टोलीको बिदाइ

प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई सोमबार बिदाइ गरिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा तथा एन्फा पदाधिकारीले बिदाइ गरेका छन् । टोली मंगलबार भुटान प्रस्थान गर्नेछ । उक्त अवसरमा सचिव सापकोटाले खेलाडीलाई खेलेरै बाँच्ने अवसरको सिर्जना गर्न मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् लागिपरेको बताउँदै जीविकोपार्जनका लागि खेलाडी अन्यत्र भौँतारिनु नपर्ने अवस्थाको अन्त्य गरिने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here