Thursday, March 28, 2024
Homeमुख्य खबरसाउन महिना र हरियो चुरा

साउन महिना र हरियो चुरा

- Advertisement -spot_img

के.बि. मसाल

समाजमा संस्कृतिको पनि परिवर्तन हुँदै गएको छ । मौलिक संस्कृतिहरु हराउँदै गएका छन् । देखासिकी र आयातित संस्कृतिले समाजलाई डो¥याएको छ । छिमेकी मुलुक भारतको प्रभावमा परेर केही बर्षयता आएर महिलाहरुले साउन महिनामा हरियो चुरा र हरियो कपडाको पहिरन गर्ने प्रचलन आएको छ । विशेषगरी सहरी क्षेत्रमा यसको प्रभाव बढी भएपनि यसले ग्रामीण क्षेत्रमा समेत सालिन्दा यसको प्रभाव बढ्न थालेको छ । मानव समाज जंगली युगबाट अहिलेको आधुनिक सभ्यतामा आएको करिव ३५ हजार बर्ष भएको छ । धर्म, सस्ंकृति, रहनसहन, साजसज्जा, पहिरन आदिको विकास हुन थालेको पनि सात हजार बर्ष पुगेको अनुमान छ । धातुहरु सुन, चाँदीका गरगहनाको सुरुवात पनि प्राचीनकाल देखिनै भएको मानिन्छ । तर त्यो समयमा हरियो चुरा, पोते र हरियो कपडाको चर्चा कतै पनि गरेको पाइन्न । नेपालमा चुराको प्रचलनको इतिहास राजा पृथ्वीनारायण शाहसँग जोडिएको देखिन्छ । त्यसको प्रसंग यस्तो छ– राजा पृथ्वी नारायण शाह गोरखकालीका भक्त थिए । उनलाई एक दिन गोरखकालीले सपना दिइन् । सपनामा पृथ्बीनारायणलाई गोरखकालीले भनिन्– ‘तिम्रो पूजा आजाबाट म प्रशन्न छु । तर तिम्रो पूजाआजा पूर्ण छैन । किन भने मलाई पूजा गर्दा चुरा र धागो चढाउनु पर्दछ । भनेपछि पृथ्वीनारायण शाहले आफ्नो ससुराली भारतको बनारस गएको बेला चार घर चुरा र धागोको ब्यापार गर्ने मुस्लिम समुदायका मानिसहरु ल्याएर गोरखा बजार नजिकै रहेको ताप्ले भन्ने गाउँमा बस्ती बसाली चुरा र धागो उपलब्ध गराएको इतिहास छ । यसबाट के बुझिन्छ भने नेपालमा त्यतिबेलासम्म चुरा र धागोको प्रचलनमा नआएको देखिन्छ । यसरी इतिहास पढ्दा त्यतिबेला नेपालमा चुराको प्रचलन रहेनछ भन्ने कुरा बुझिन्छ । हरियो चुरा र पोते लगाउने धार्मिक तथा साँस्कृतिक महङ्खव छैन । तर सुन्दरता र फेसनको रुपमा यसको प्रयोग भएको छ ।
चुराको इतिहास इजिप्टबाट सुरु भएको मानिन्छ । नेपालमा भने भारतीय संस्कृति र बजारबाट यसको प्रचलन भएको मान्न सकिन्छ । आधुनिक युगमा चुरा श्रृङ्गारको रुपमा नारीहरुले लगाउने प्रचलन भएपनि हाम्रो संस्कृति र कुनै पनि धार्मिक ग्रन्थहरुमा हरियो चुरा श्रावण महिनामा लगाउनु पर्ने देखिदैन । हिन्दू धर्म अनुसार श्रावण महिनामा शिवजीको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, शान्ति, समृद्धि, विद्या, धनलगायतका विषयमा सफलता प्राप्त हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको संस्कृतिविद्हरुको भनाइ छ । विशेषगरी शिवजीको आरधना गर्दा साउनको सोमबार जल, दूध, भाङ्, धतुरो चढाउने वैदिक परम्परा रहेको छ । तर आजभोलि हाम्रो संस्कृतिलाई थप ब्याख्या गरेर हरियो चुरा र हरियो वस्त्र लगाएर शिवजीको आराधना गरे विवाहित महिलाहरुले आफ्नो पतिको आयु बढ्ने र अविवाहित महिलाले आफूले खोजेजस्तो पति पाइने विश्वासका साथ ब्रत लिने चलन बढेको छ । संस्कृत, आध्यात्मिक शास्त्रका विद्वान्हरु भन्दछन्– श्रावण भगवान शिवजीको अवतार भएको महिना हो । धार्मिक हिसावले लिदा पूजाआजामा पहेलो र रातो रंग शुभ मानिन्छ । तर हरियो रंग किन प्रचलनमा आयो ? संस्कृतिविद्हरु भन्दछन्– धार्मिक रुपमा हरियो चुराको वर्णन कही कतै भेटिएको छैन ।
हरियो चुराको यर्थात महङ्खव नबुझी टोल, छिमेकको वातावरणको प्रभावले गर्दा देखासिकी गरेर साना उमेरदेखि वयस्कहरुले समेत श्रावण महिनामा हरियो चुरा लगाई आफूलाई सौन्दर्यता देखाएका हुन्छन् । सौभाग्य सूचक मानिने भएकोले चुरा नारीहरुले लगाउने चलन छ । नारीहरुले आफ्नो संस्कृति अनुसार चाडपर्व, विवाहजस्ता समारोहमा अनेकौं डिजाइन र विभिन्न रंगका चुरा लगाउँदछन् । सौभाग्य सूचकमा रातो चुराले प्राथमिकता पाएपनि आजभोलि नारीहरुले साउन महिनामा हरियो चुरा लगाउने प्रचलन बढ्दो छ । अहिले आधुनिक युवायुवतीहरुले हरियो रंगलाई प्रेम र वातावरणको प्रतिक मानेका छन् । हरियो लुगाले प्रकृतीको सम्मान गरेको भन्ने युवतीहरु पनि भेटिन्छन् । त्यसैले साउन महिनामा महिलाहरुले हरियो चुरा, हरियो पोते र हरियो कपडा लगाएर प्रकृतीको सम्मान गरेको भन्नेहरु पनि छन् । तर साउन महिनामा मात्र किन भनि प्रश्न ग¥यो भने त्यसको उत्तर भने आउँदैन । साउन महिनाको हरियो चुरा, हरियो कपडा र हरियो पोते मात्र होइन सुनका गरगहनाले पनि उत्तिकै स्थान लिने गरेको छ । कतिपय घर परिवारमा यो फेसनले द्वन्द्व सिर्जना गरेको छ । सम्पन्न परिवारको लागि भने यो प्रचलनले केहि नहोला । तर मध्यम र विपन्न वर्गमा यो पहिरनले मानसिक रुपले द्वन्द्व र झैझगडा समेत हुने गरेको छ । यस तर्फ भने कसैले ख्याल नगरेको महसुस हुन्छ । सार्वजनिक स्थलमा देखाइने यस किसिमको फेसनले समाजमा फाइदा भन्दा बेफाइदा बढी हुने गरेको छ ।
साउन महिनाको सोमबार शिव मन्दिरहरुमा हिन्दू नारीहरुले आफ्नो सौभाग्य र असल पतिको कामना गर्दै दर्शन तथा जल चढाउने गर्दछन् । धार्मिक मान्यता अनुसार साउन महिना भगवान शिवलाई मनपर्ने महिना र सोमबार मनपर्ने दिन भएको मानिन्छ । साउनका सोमबारभरि चोखो बसी व्रत बस्ने तथा चोखो खाने चलन छ । साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी आदि लगाई सोह्र श्रृङ्गारमा सजिएर उपासना गर्ने चलन छ । हिन्दूधर्म मान्ने धेरै महिला साउनका सोमबारभरि व्रत बस्छन् । साउने सोमबार विद्याका लागि पनि राम्रो मानिन्छ । कतिपयले सतीलाई प्रकृतिका रुपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महङ्खव छ । साउन महिनामा बढी वर्षाका कारण किटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने चलन पनि छ । यो समयमा रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजक परिकार खानुहुँदैन भनिन्छ ।

अहिले आधुनिक युवायुवतीहरुले हरियो रंगलाई प्रेम र वातावरणको प्रतिक मानेका छन् । हरियो लुगाले प्रकृतीको सम्मान गरेको भन्ने युवतीहरु पनि भेटिन्छन् । त्यसैले साउन महिनामा महिलाहरुले हरियो चुरा, हरियो पोते र हरियो कपडा लगाएर प्रकृतीको सम्मान गरेको भन्नेहरु पनि छन् । तर साउन महिनामा मात्र किन भनि प्रश्न ग¥यो भने त्यसको उत्तर भने आउँदैन । साउन महिनाको हरियो चुरा, हरियो कपडा र हरियो पोते मात्र होइन सुनका गरगहनाले पनि उत्तिकै स्थान लिने गरेको छ ।


साउन महिना लागेको संकेत हाम्रा वरिपरी रहेका आमा दिदी बहिनीहरुको रंगीचंगी पहिरन र श्रृङ्गारबाट सजिलै अनुमान गर्न सकिन्छ । विशेषगरी श्रावणमा रातो, हरियो र पहेलो रंगको बढी प्रयोग भएको देखिन्छ । यी सबै रंग मिसिएको झिलिमिली पहिरन, हातभरी हरिया, राता र पहेला चुराहरु, हत्केलामा रातो मेहन्दी, गलामा हरियो, रातो, पहेलो पोतेहरु अनि सिउँदोमा रातो सिन्दुरमा सजिएका महिलाहरुले आफ्नो सौभाग्यको रुपमा प्रकृतिलाई नै माथ गरिरहेको भान हुन्छ । विहे गरेका महिलाहरुले शिवजीको आराधनामार्फत आफ्ना श्रीमान्हरुको दीर्घायु र सु–स्वास्थ्यको कामना गर्ने तथा अविवाहित महिलाहरु सज्जन, सुसंस्कृत श्रीमान् पाउँ भनी शिवजीको आराधना गर्ने प्रचलनको किंवदन्ती भएपनि वास्तविक अर्थ सुविचार, सकारात्मक धारणा, प्रकृती र प्रेमको अनुभूति गर्न सकिन्छ यो प्रचलनबाट । अर्कोतर्फ रंग हाम्रो शरीरमा तरङ्ग संवेदना उत्पन्न गर्ने महङ्खवपूर्ण पक्ष हो । हाम्रो शरीरमा जसरी सात चक्र छन् र ति चक्रहरुको प्रभाव सात रंगसँग छ । त्यसरी नै महिलाहरुले प्रयोग गर्ने पहिरन र गहनाहरुका रंगले वैज्ञानिक र आध्यात्मिक महङ्खव राख्दछन् । त्यसैले जीवन जगत र पदार्थसँग रंगहरुको प्रभाव सँगसँगै रहन्छ । शिवलाई कल्याणकारी, अरुको रक्षा गर्ने र शक्तिका प्रतिकको रुपमा मानिन्छ ।
इजिप्टबाट सुरु भएको चुराको प्रचलन कसरी संसार भर प्रचलनमा आयो ? यो अध्ययनको विषय बन्ला । तर मध्यकालमा हिन्दू संस्कृतिको विकाससँगै चुराको प्रयोग र महङ्खव संस्कृतिको रुपमा प्रचलनमा आएको पाइन्छ । चुरा लगाउने प्रचलन दक्षिण एशियाली मुलुक मात्र नभएर संसारका अन्य मुलुकमा पनि नारीहरुले आफ्नो श्रृङ्गारका रुपमा चुरा लगाउने प्रचलन छ । चुराले श्रृङ्गार मात्र होइन बङ्गलादेशमा प्रचलनमा आएको शङ्खजस्तो सेतो चुराले शरीरमा क्याल्सियम उत्पादन गर्नुका साथै कफ र बाथको रोग निको पार्दछ भन्ने विश्वास समेत गर्दछन् । त्यसैगरी चुराको प्रयोगमा भारतको पञ्जाव, गुजरात, राजस्थान आदि प्रान्तमा मामाले भान्जीलाई चुरा उपहार दिने प्रचलन छ । श्रृङ्गारको लागि मात्र नभएर भारतकै महाराष्ट्र प्रान्तमा गर्भवती स्त्रीलाई हरियो रङको चुरा लगाई दिने प्रचलन पनि छ ।
हिजोआज सौभाग्य एवं संस्कृतिको लागि मात्र होइन, फेसनको निम्ति पनि हरियो चुरा लगाउन थालिएको छ । आजभोलि बजारमा काँचको चुरा मात्र होइन लाख, मेटल, मोती, पत्थर रबर, सिप, प्लाष्टिक, टेराकोटा, माटो आदि वस्तुबाट बनाइएको विभिन्न रंगका चुरा पाइन्छ । बजारमा पाइने चुराहरुमा महिलाहरुको रोजाइ बर्क गरिएका चुरा पर्दछन् । प्लेनभन्दा पनि करिङ प्लेन जरिदार मोति, स्टोन्स, कुन्दन, जडिएका चुराहरुको बढी माग छ । काँचको चुरामा विभिन्न नामा राखि फइभ स्टार, युवराज, चाँदराज, नेनो, सातफेरे आदि बजारमा चल्तीमा आएका चुराहरु हुन् । नेपालमा भारतीय बजारबाट चुरा आयात हुने हुँदा चुराका नाम पनि भारतीय नामबाट राखिएको छ । त्यसमा पनि चुरा उद्योग र ब्यवसाय हिन्दू भन्दापनि मुस्लिम समुदायले बढी गर्ने हुँदा पनि चुराको धेरै नाम उर्दु भाषाबाट रहन गएको छ । यसरी सीमा पारीबाट आउने चुराहरुको ब्राण्ड र चुरा बनाउँदा प्रयोग गरिएको कच्चा पदार्थले मानव शरीरलाई कति फाइदा वा नोक्सानी दिन्छ भन्ने कुरामा भने चुरा प्रयोग गर्ने अधिकांश महिलाहरुलाई थाहा छैन ।
साउनमा हरियो चुरा तथा पहेलो वस्त्र लगाउने प्रचलन नेपालको संस्कृति होइन । यो विदेशी संस्कृतिबाट ब्यापारिक रुपमा नेपाल भित्रिएको हो । नेपालका आधा प्रतिशत महिलाहरुले मात्र हरियो चुरा साउन महिनामा लगाउँदा वर्षेनी अरबौ रकम खर्च हुने गरेको छ । यस्तो प्रचलनले नेपाली अर्थतन्त्रमा समेत असर पु¥याउने गरेको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ । गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफा बन्ने महिनाको रुपमा लिइन्छ । हरियो चुरा र पहिरनहरुको खासै धार्मिक महङ्खव नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल चाखलाग्दो देखिन्छ । त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा, मेहेन्दी र हरिया लुगाको व्यापार पनि प्रत्येक वर्ष बढ्दै गएको छ । साउन महिनामा महिलाहरुको हरियो चुरा र पोशाकप्रतिको आकर्षण देखेर अहिले बजारमा साउन सुरु हुनु पहिलेदेखि नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरेको पाइन्छ । पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रुपमा लिएका छन भने मेहेन्दी, चुरा र हरिया पहिरन लगाएर साउनलाई हरियो फेसन बनाएका छन् ।
जुनसुकै तरिकाले अथवा संस्कृतिले साउन महिनामा महिलाहरु हरियो रंगले सजिएर आफ्नो श्रृङ्गारको पहिरन गरेपनि हरियो रंगलाई रंग विशेषज्ञहरुले हरियो रंगलाई शीतलता एवं स्फूर्ति प्रदान गर्दछ भन्ने गरेका छन । हरियो रंग उज्ज्वल हुन्छ । नया जोस जागर उत्पन्न गर्ने यो रंग सकारात्मक उर्जा सञ्चार गर्न सहायक मानिन्छ । हरियो रंगमा निलो र पहेलो रंगको समिश्रण हुन्छ । हरियो रंगले आँखालाई फाइदा पु¥याउँछ । हरियो रंगले विश्वासको भावना जागृत गर्न सहयोग पु¥याउँछ । हरियो रंगमा वैज्ञानिक आधारका धेरै कुराहररु भेटिन्छन् । तर साउन महिनामा नै हरियो चुरा, हरियो पोते र हरियो कपडाले महिलाहरु श्रृङ्गारमा सजिएर शिवजीको आराधनाको लागि शिवालय जाने अविवाहितले श्रीमान्को बर माग्ने र विवाहित महिलाहरुले पुत्र, पुत्रीको वरदान माग्ने नयाँ संस्कृतिको भने तथ्यगत आधार केही भेटिएको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here