Saturday, April 13, 2024
Homeमुख्य खबरसहिद सप्ताह शुरु

सहिद सप्ताह शुरु

- Advertisement -spot_img

दाङ, ११ माघ । सहिद सप्ताह शुरु भएको छ । १९९७ सालको माघ १० गते सहिद शुक्रराज शास्त्रीलाई मारिएको स्मृतिमा बिहीबारदेखि सहिद सप्ताह सुरु भएको हो । शास्त्रीलाई माघ १० गते राजधानीको टेकुमा रहेको पचलीमा मृत्युदण्ड दिइएको थियो । मुलुकको हितका लागि जीबन बलिदान गर्नेहरुको सम्झनामा बिभिन्न कार्यक्रम गरी आजबाट सहिद सप्ताह सुरु भएको छ । बिहीबारदेखि माघ १६ गतेसम्म बिभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाउन लागिएको हो ।
लखन थापालाई नेपालको पहिलो सहिद भनिए पनि सहिद सप्ताहमा बिशेष गरी एक तन्त्रीय जहाँनिया राणा शासन बिरुद्ध संघर्ष गर्ने क्रममा १९९७ सालमा सहिद भएका चार जनाको योगदानको चर्चा गरिदै आएको छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ एवं दशरथ चन्दले शहादत प्राप्त गरेको सम्झनामा सहिद सप्ताह मनाउने चलन रहेको छ । पछिल्लो समय बिभिन्न आन्दोलनका क्रममा मृत्यु भएकालाई समेत सहिद घोषणा गर्ने क्रम बढेपछि नेपालमा सहिदको संख्या कति छ भन्ने तथ्याङ्क सरकारसंग पाउन समस्या भएको छ ।
आबश्यक मापदण्डबिना हचुवाका भरमा सहिद घोषणा गर्दा बास्तविक सहिदप्रति अपमान भएको गुनासो पनि बढेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here